मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

दुई सय घरधुरीलाई पुष महिनाभित्र पानी वितरण गर्ने तयारी अन्तिम चरणमा
दुई सय घरधुरीलाई पुष महिनाभित्र पानी वितरण गर्ने तयारी अन्तिम चरणमा

Thearaniko Times 1369+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

बनेपा/बनेपा नगरपालिका वडा नम्बर -६ मा करीब दुई सय घर धुरीका लागि एकिकृत खानेपानी एक घर एक धारा समानुपातिक वितरण अन्तिम चरणमा पुगेको छ।

पहिलो चरणमा शहिद मार्ग पेरिफेरि, खत्रीगाउँ, खत्रीगाउँ भन्दा मुनि, अरनिको राजमार्गबाट उत्तर, क्याम्पस रोड र चण्डेश्वरी खोला बिचका करीब दुइसय घरधुरीको लागि पुष महिनाभित्र पानी वितरण गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बनेपा नपा-६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो । 

शनिबार बनेपा -६ स्थिति रेडक्रसको सभाहलमा भएको उपभोक्ताहरुको भेलामा बोल्दै वडाध्यक्ष केसीले मंशिर महिनाभित्र तोकिएका क्षेत्रका प्रत्येक घरधुरीले खानेपानी जडानको लागि प्राविधिक स्टिमेट अनुसार लाग्ने रु. २३ हजार उपभोक्ता समितिकाे खातामा जम्मा गर्न अनुरोध गरिएको पनि जानकारी दिनुभयो । वडाध्यक्ष केसीले वडामा रहेका ११ सय घर धुरीलाई एक घर एक धारा वितरण गर्ने योजनाका साथ  कार्य प्रारम्भ गरिएकोमा पहिलो चरणमा २०० घरधुरी वितरण गर्न लागिएको जानकारी दिनुभयो।

विभिन्न अवरोध र चुनौतीका बीच वडाबासीलाई पानी खुवाउन सफल बताउँदै केसीले भन्नुभयो -सबै वडावासीलाई समानुपातिक पानी वितरण गरिनेछ। कसैलाई काखाकसैलाई पाखा गरिने छैन।

कार्यक्रममा वडा अध्यक्ष सचितानन्द केसीले  ‘बनेपा नगरपालिकाले बजारभित्रलाई मात्र नगरपालिका संझिने गरेको र बजारभन्दा बाहिरका वडाहरुलाई पक्षपातपूर्ण व्यवहार गर्दै आएको दृष्टान्त पेश गर्दै वडाध्यक्ष के.सी.ले यस्तो व्यवहार नगरपालिकाले सच्याउनुपर्ने धारणा राख्नुभयो।

 उहाँले खहरे खोला पुर्वका बस्तिहरुमा रहेको ३ सय घरमा एक घर एक धाराको कार्यक्रम शुरु भईसकेको र काभ्रे क्याम्पस वरपर रहेको ३ सय घरमा पनि चालु आर्थिक वर्षभित्र नै एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको जानकारी पनि सो अवसरमा दिनुभयो। बाँकी तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रलाई आगामी वर्ष प्राथमिकतामा राखेर कार्य सम्पन्न गरिने पनि वडा अध्यक्ष केसीले बताउनुभयो । 

अनन्त दाहाल (सिताराम)को अध्यक्षता र दिपनारायण पराजुलीको सञ्चालनमा भएको छलफल कार्यक्रममा राजेन्द्र थापाले स्वागत, पुर्व वडाध्यक्ष कृष्णबुद्ध बजगाईं, वडा सदस्य विष्णु नारायण श्रेष्ठ, पुर्व न्यायाधीश कैलास केसी, समाजसेवी राजु मानन्धर, सुनिल घर्ति मगर शुभकामना मन्तव्य राख्दै विकास प्रेमी र चुनौतीको सामना गर्न सक्ने जनप्रतिनिधि भएको कारण काकाकुल वडामा खानेपानी वितरण संभव बताए।

यसअघि नै डिप बोरिङ र ट्यांकी निर्माण संपन्न भइसकेको छ। उपभोक्ताहरुले मंशिर महिनाभित्र तोकिएको रकम जम्मा गरे पुस महिनाभित्र घरघरमा पानी वितरण संपन्न गर्ने लक्ष्य राखेको अनन्त दाहाल(सिताराम)ले जानकारी दिनुभयो।

खत्रीगाउँमा रहेकाे ७ वटा मुललाई एकिकृत गर्ने र थप पानीको श्रोतका लागि डिप बोरिङ्ग गरिएको बताइएको  छ । डिप बोरिङ्ग सहित ८ वटा श्रोतको पानी उक्त ट्याङ्कीमा जम्मा गरी वितरण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार