दिनेशराज खरेल
धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेले स्थानीय तहमा निर्वाचित १३ वटै पालिकाका वर्तमान तथा निवर्तमान प्रमुख / अध्यक्ष तथा उपप्रमुख / उपाध्यक्ष र जिल्ला समन्वय समितिका पूर्व पदाधिकारिलाई सम्मान गरेको छ। धुलिखेलमा गरिएको कार्यक्रममा निवर्तमान जनप्रतिनिधिले अाफ्ना अनुभव अादनप्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले नवनिर्वाचितलाई सफलताकाे शुभकामना दिए। उनले भने -अग्रजकाे सल्लाह, सुझाव र सबैकाे सहयोगले मात्रै काभ्रेली जनताको सपना साकार पार्न सकिन्छ । अागामी पाँच बर्ष जनताको सेवामा लागिरहने प्रतिवद्ता ब्यक्त गरेका छन ।
जिल्ला समन्वय समिति काभ्रेका निवर्तमान प्रमुख उद्धव के.सी.ले जिससले सबै पालिकालाइ समन्वय गरि राम्रो कामकाे अनुशरण गर्न अरु पालिकालाई प्राेत्साहन गर्नुपर्ने सुझाब दिएका थिए । धुलिखेल नगरपालिकाकि निवर्तमान उपमेयर बिमला शर्माले पाँच बर्षमा राम्रो कामकाे थालनी भएको र त्यस्ता कामलाई निरन्तरता दिन जाेड दिएकि थिइन।
स्थानीय निर्वाचन २०७९ सफलतापुर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा जिल्ला प्रशासन प्रमुख हुमकला पाण्डे , जिल्ला अदालतका न्यायाधीश माेहनराज भट्टराई र जिल्ला प्रहरी कार्यालयका चक्रराज जाेशी लगायतलाई पनि सम्मान गरिएको थियोे ।