मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

शैक्षिक सामाग्री वितरण गरी गुरुपूर्णिमा मनाइयो

Thearaniko Times 1398+ समाचार ( )
१९ असार २०८०, मङ्गलबार

बेथानचोक । आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइएको छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।

गुरु ः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।

यस्तो वैदिक गुरु परम्परालाई गुरुकुलले विशेषरूपमा निरन्तरता दिंदै आएका छन् । आधुनिक शिक्षा परम्परामा भने गुरुको हुनुपर्ने जति सम्मान नभएको गुनासो पनि सुनिन्छ । यसैबीच जुम प्रविधिका माध्यमबाट विभिन्न विद्यालयले पनि गुरुपूर्णिमा पर्व शिक्षा दिने गुरु, गुरुआमाप्रति श्रद्धा प्रकट गरी मनाएका छन् । आधुनिक शिक्षा प्रणालीमा गुरुप्रति सम्मान एवं श्रद्धा प्रकट गर्ने क्रम घट्दै गएको विश्लेषण हुने गरेको छ ।

गुरुपूर्णिमाका अवसरमा विगत वर्षमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिएकोमा बेथान्चोक नारायण आधारभूत विद्यालय बेथानचोक ३, काभ्रेले यसपटक विद्यार्थी र शिक्षकहरुलाई शैक्षिक सामाग्री वितरण गरी गुरुपूर्णिमा मनाएका छन् ।

अधिवक्ता दिपक शर्मा जंगमले विद्यालयका १ सय २० विद्यार्थीहरुलाई कापी र कलम तथा शिक्षकहरुलाई डायरी उपलब्ध गराएको थियो । गुरुपूर्णिमाको दिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्नुहुँदै अधिवक्ता जंगमले आफूले प्राप्त गरेको आध्यात्मिक तथा भौतिक शिक्षा एक आपसमा आदान प्रदान गरेमा मात्र समाज विकास गर्न सकिने बताउनुभयो । अधिवक्ता जंगमले शास्त्रमा भएका कुरालाई मनन गर्दै जीवनमा उतार्न सकेमात्र यसले जीवन सार्थक पार्न सकिने कुरामा जोड दिनुभयो । उहाँले आगामी दिनमा पनि आफुले सकेको सहयोग  गर्दै जाने प्रतिवद्धता पनि उक्त अवसरमा व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकृष्ण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ.ले विद्यालयको समस्या र चुनौतीबारे प्रकाश पार्नुभएको थियो । बेथानचोक प्रहरी चौकीका प्रहरी श्रवणकुमार यादव, शिक्षक अभिभावक संघका अध्यक्ष विनोद वि.क.लगायतको उपस्थितिमा भएको कार्यक्रममा विद्यार्थीहरुले गुरु तथा अतिथिहरुलाई आफ्नो सिप र कला प्रयोग गरी बनाएको कागजको मुकुट लगाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार