मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पत्नी तुलसाको नाममा के.सी.ले गरे छात्रवृत्ति कोष स्थापना, दाहाल परिवारले कोषमा ५० हजार थपे

Thearaniko Times 1398+ समाचार ( )
११ माघ २०८०, बिहीबार

पनौती/पनौती नगरपालिका–८, खरिबोटका राजु के.सी. ले आफ्नो पत्नीको स्मृतीमा भालेश्वर माध्यमिक विद्यालय, मल्पीमा छात्रवृती कोष स्थापना स्थापना गरेका छन्।

पत्नी तुलसाको स्मृतीमा के.सीले ७ लाखको तुलसा स्मृती छात्रवृति कोष स्थापना गरेका हुन् । कोषबाट वार्षिक रुपमा व्याज रकम प्रदान गर्ने गरी विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृति प्रदान गरिनेछ ।

दाता राजु के.सी र श्रीमती तारा भट्टराई केसीले उक्त रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र के.सी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसी र प्रधानाध्यापक रामचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

पुष २८ गते नगरप्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा समेतको उपस्थितीमा विद्यालय र केसी परिवारविच कोष सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

२०२८ सालमा साविक भूमिडाँडा गाविसमा बाबु भक्तबहादुर र आमा ललितकुमारीको कोखबाट जन्मिएकी तुलसा र राजुविच २०४४ सालमा विवाह भएको थियो । १ बर्षअघि तुलसाको हृदयघातबाट मृत्यु भएको थियो । तुलसा र राजुका १ छोरा र १ छोरी छन् । छोरी दिपा केसी, छोरा अमित केसी र बुहारी रोशी विदेशमा छन् । विद्यार्थीहरुको चौतर्फी विकास र हितका लागि कोष स्थापना गरिएको के.सी.ले जानकारी दिए ।

दाता केसीका बुबा लिलाबहादुर केसी उक्त विद्यालयका संस्थापक मध्येका हुन् । साविक मल्पी गाविसका पूर्वप्रधानपञ्च रहेका लिलाबहादुर उक्त विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुन् । उनका जेठा छोरा प्रदिप केसीले पनि सोही विद्यालयमा बुबाको स्मृतीमा अक्षयकोष स्थापना गरेका छन् ।

यसैगरी पनौती निवासी ध्रुव दाहाल र श्रीमती गिता तिमल्सिना दाहालले आमा विन्दादेवी दाहालको स्मृतीमा स्थापना गरेको कोषमा ५० हजार रुपैयाँ थप गरेका छन् । दाहाल दम्पतीले यसअघि १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरेका थिए ।

बिहिबार श्रीमती गिता तिमल्सिना दाहालले थप गरिएको रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र के.सी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसी र प्रधानाध्यापक रामचन्द्र थापालाई हस्तान्तरण गरिन् । चेक हस्तान्तरण गर्दै दाहालले प्रत्येक बर्ष रकम थप गर्दै लैजाने प्रतिवद्धता जनाइन् । दाहाल उक्त विद्यालय व्यवस्थापन समितिको सदस्य समेत हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले आवस्यकता पर्ने र उत्कृष्ट विद्यार्थीलाई छात्रवृति लगायतमा कोष प्रयोग हुने बताए ।

शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसीले सहयोगप्रति आभारप्रति आभार प्रकट गर्दै सदुपयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार