मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बनेपामा बृहत् पतञ्जली योग शिविर सुरु

Thearaniko Times 1398+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

बनेपा /पताञ्जलि योग समिति काभ्रे, महिला पतञ्जली योग समिति र युवा नेपाल काभ्रेको संयुक्त आयोजना र बनेपा नगर समितिको संयोजनमा आइतबारदेखि बनेपाको लायकुमा बृहत् योग शिविरको आयोजना गरेको छ ।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले शिविरको उद्घाटन गर्नुहुँदै योग मानव जीवनका लागि अपरिहार्य भएको बताउनुभयो । मानिसको शारीरिक एवं मानसिक तनावमुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा उनले जोड दिनुभयो । 

‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल नाराका आयोजित पाँच दिने सो शिविरमा करीब पाँच सय जनाको सहभागिता रहेको पतञ्जली योग समिति बनेपा नगरका संयोजक मनिषा बडालले जानकारी दिनुभयो।

मानिसहरुमा योग जागरण ल्याउने र मानसिक तथा शारीरिक तनावलाई छुट्कारा दिलाउनका लागि योग शिविर आयोजना गरिएको पतञ्जली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थले जानकारी दिनुभयो । उनले भने, “योगबाट कुनै मानिसको समस्या छिट्टै निको पनि भइहाल्छ, कुनैको केही समय लाग्न सक्छन् तर प्रभावकारी हुन्छ ।” 

शिविरमा पतञ्जलि योग समिति नेपालको केन्द्रीय प्रभारी साध्वी देव आदितीले प्रशिक्षण प्रदान गरेका थिए । शिविर जेठ १७ गतेसम्म सञ्चालन हुने र जिल्लाका सबै योग केन्द्रबाट प्रतिनिधित्वमुलक सहभागिता रहेको महिला पतञ्जली योग समिति काभ्रेका उपाध्यक्ष कमला राजभण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार