मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

काठमाडौमा रहेका धुलिखेलबासी र गठबन्धनका उम्मेदवार बीच साक्षात्कार

Thearaniko Times 1369+ समाचार ( )
२३ वैशाख २०७९, शुक्रबार

काठमाडौं / वैशाख ३० गते हुन गइरहेको  स्थानीय निर्वाचनको सन्दर्भमा काठमाडौंमा रहनुभएका धुलिखेलबासीहरूसंग गठबन्धनको तर्फबाट धुलिखेल नगरपालिकाको लागि नगर प्रमुख उम्मेदवार दयासागर श्रेष्ठ र उपप्रमुख उम्मेदवार निराजन जंगमसंग साक्षात्कार कार्यक्रम संपन्न भयो । 

कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटाले आसन्न निर्वाचनको सन्दर्भमा देशमा ‘अहिले दुईवटा गठबन्धन भएको भन्दै  दुईमध्ये प्रगतिशील वाम–लोकतान्त्रिक गठवन्धन रोज्नुपर्ने बताउनु भएको छ । सापकोटाले बर्तमान सन्दर्भमा  प्रगतिशील वाम–लोकतान्त्रिक र अर्काे दक्षिणपन्थीहरुको गठबन्धन भएको भन्दै ‘दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेको बताउनु भयो । ओलीले नेतृत्व गरेको गठबन्धनमा प्रतिगामी र राजावादीहरु रहेको भन्दै उनीहरु परिवर्तन र संविधान विरोधी रहेको भन्दै प्रगतिशील लोकतान्त्रिक वामपन्थी गठबन्धनको पक्षमा मतदान गरेर प्राप्त राजनीतिक उपलब्धी जोगाउन, संविधान जोगाउने, समाजवाद सुशासन र गणतन्त्रका हिमायती प्रगतिशील गठबन्धनमा रहेकाले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर सुशासनको पक्षमा उभिन सार्वजनिक अपिल गर्नुभएको छ ।

नगर प्रमुखका उम्मेदवार श्रेष्ठले धुलिखेल नगरपालिकालाई सुन्दर नगरपालिका बनाउन सकिने भन्दै गठबन्धन देशका लागि आवश्यक भएकाले सोहीअनुसार गठबन्धनप्रति विश्वास गर्न आग्रह गर्दै भ्रष्टाचार र कुशासनमा आफुहरु नफस्ने बताउनु भयो  ।

कार्यक्रममा उपमेयरका उम्मेदवार निराजन जंगम, नेकपा माओवादीका धुलिखेल पनौती इन्चार्ज भरत लामिछाने, बडा नं. ६ का अध्यक्ष संजय कोजू, बडा न.ं ७ का अध्यक्ष दीपेन्द्र देवजु लगायतले आफ्नो विचार राख्दै गठबन्धन उम्मेदवारको पक्षमा मतदान गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार