मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

साहित्य र कला
डा. लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’ लोकार्पण

Thearaniko Times 1402+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

काठमाडौं — वरिष्ठ समालोचक तथा निबन्धकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’ लोकार्पण गरिएको छ।

राजधानीमा शुक्रबार आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्रा. डा. ज्ञानु पाण्डे, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा. डा. गौतमलगायतले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन्।

कृतिबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्दै समालोचक प्रमोद प्रधानले पुस्तकका २१ निबन्धहरूमा कवित्व चेत प्रखर रूपमा अभिव्यक्त भएको उल्लेख गरे। उनले भने, “गौतमका निबन्धहरूले पाठक र लेखकबीचको सम्बन्धलाई अझ निकट बनाएका छन्। निबन्धहरूमा सम्बोधन शैलीको सशक्त प्रयोग गरिएको छ।”

समीक्षक प्रा. डा. ज्ञानु पाण्डेले ‘समवेत’ लाई “विविध विचारको एकीकृत आवाज” को रूपमा व्याख्या गरिन्। उनका अनुसार, “गौतमका निबन्धहरूले मान्छे धेरै पत्र बाँचेको प्राणी हो भन्ने कुरा उजागर गर्छन्। समाजको आँखामा राम्रो देखिन मान्छे आफैंलाई ढाँट्ने मानवीय प्रवृत्तिलाई पनि निबन्धहरूले जोडेको पाइन्छ।”

उनले थपिन्, “मान्छेलाई इमानदार बन्न सन्देश दिने यी निबन्धहरू विषयगत विविधतामा समृद्ध छन्। यहाँ प्रकृतिसँग संवाद गरिएको छ र असल मान्छेको खोजी पनि गरिएको छ।”

कार्यक्रममा बोल्दै ‘समवेत’ का स्रष्टा प्रा. डा. गौतमले निबन्धमा आफूलाई नै लेख्ने प्रयास गरेको बताए। “आफूमाथि समालोचना गर्न भीडमा सजिलो लाग्छ, तर निबन्ध सृजना गर्न भने कठिन लाग्छ,” उनले भने।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले निबन्धकार हुनु चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै गौतमको कृतिलाई आत्मपरक निबन्धका रूपमा गौरव गर्न लायक ठहर गरे।

नेपाल स्रष्टा समाज, केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रमको सञ्चालन सदस्य मधु पाठकले गरे भने स्वागत मन्तव्य सचिव प्रकाश घायलले दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार