मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

दलित समुदायलाई भोट बैंक मात्र हैन समावेशी व्यवहार होस्

Thearaniko Times 1369+ समाचार ( )
२९ जेठ २०७९, आइतबार

गाउँपालिका अध्यक्ष प्रेम भुजेलज्यु,

हार्दिक नमस्कार

जुनदिन जनमतले बिजय हुँदै तपाईंका गलामा फुलमाला अनि खादा सिन्दुरले रङ्गिए, हजारौ जनता कार्यकर्ताको नारा अनि बिजय जुलुस आहा कति रमाइलो अनि खुसी थियो त्यो पल र  हामी पनि खुशी थियौ, आज भुम्लुबासी जनताले तपाई पाउनु पनि एउटा खुशीको कुरा छ, थाहा छ हजुर हिजो क्रान्तिको निमित्त आफ्नो ज्यान बाजी राखेर संघर्ष गर्दै आज यहाँसम्म आइपुग्नु भएको छ, तर अध्यक्ष ज्यु आज भन्दा ५ बर्ष अगाडिका कुरालाई मनन गर्दा कता कता मनमा चसक्क हुन्छ, बुढापाकाले भन्ने उखान् छ नि ‘जुन जोगी आए नि कानै चिरिएको’ न त्यस्तो पो हुने हो कि एक मनले सोच्छ तर जब तपाइको बिचार  र हर कुरा सुनिन्छ तब गर्व लागेर आउँछ, पक्कै पनि भुम्लुबासी दलित समुदायमा केही नयाँ आयाम आउँछ ।

हिजोको दिनमा जस्तो दलितहरुलाई भोटको लागि मात्र प्रयोग गरेर दलित समावेशिता ल्याउँछु भन्दै आश्वासन मात्र नहोस, रातो किताबमा मात्र दलित समावेशिता, जातीय भेदभाव सम्बन्धि कुरालाई नलेखियोस् व्यवहारमा पनि लागू होस् ।

आज भन्दा अगाडि भुम्लुमा हेर्ने हो  भने दलित समाबेशिता लगभग शून्य थियो, न त कुनै बिकास निर्माण कार्यमा दलितलाई समावेस गरेको थियो, न त कुनै विद्यालय व्यवस्थापन समिति तथा अध्यक्ष तर्फ नै समाबेश थियो, बाध्यताले कुनै एकदुई ठाउँ गरेको थियो होला तर पटक पटक सामाजिक सञ्जालमार्फत दलित समाबेशिता हुनुपर्छ, दलितलाई भोटका लागि मात्र प्रयोग गर्न मिल्दैन भन्दा सुनेको नसुनेइ गरि आगामी ५ बर्ष बित्यो, आशा छ अब हजुरको कार्यकालमा त्यो हुने छैन, हिजोको दिनमा जस्तो त्यो दलितहरुले बुझ्दैन किन बोलाउनु कार्यक्रममा भनेर कुनै कार्यक्रममा समाबेश नगर्ने, बिकास निर्माण कार्यमा आफ्नो आफन्त जो जो छन् तिनिहरुलाइ प्राथमिकता दिई दलितहरुलाई पर पार्ने, जातिय समानता ल्याउँछु भनेर भाषण मात्र गर्ने तर दलितलाइ तलको तलै पार्ने प्रबृत्ति तपाइको पहल कदमीले अन्त्य हुनेछ, अध्यक्ष ज्यु म ब्यक्तिगत तर्फबाट, सञ्चारकर्मी अनि सिङ्गो भुम्लुबासी दलित समुदायको तर्फबाट यो अनुरोध गर्छु कि,

१) पालिका प्रमुखबाट हरेक वडाका अध्यक्षहरुलाई दलित समावेशिताको लागि पुर्ण रुपमा आग्रह गरियोस्।

२) दलित समाबेशिता नल्याउने वडाका प्रतिनिधिलाई छानविन गरि कार्वाही गरियोस् ।

३) हरेक वडामा बिकास निर्माण कार्यमा साथै हरेक विद्यालयमा बि।ब्या।स समिती भित्र दलित समाबेश गरियोस् ।

४) हरेक वडामा जातिय छुवाछूत तथा भेदभाव सम्बन्धी जनचेतनामुलक कार्यक्रम ल्याइयोस् ।

५) जुनसुकै रोजगारमा विना विज्ञापन आफ्नो मान्छेलाई मात्र होइन, खुल्ला प्रतिस्पर्धा साथमा दलितलाई पनि प्राथमिकताका साथ समाबेश गरियोस् ।

६) हरेक वडामा जुनसुकै कार्यमा दलित समाबेशिता छ छैन भनी रिपोर्टिङ् गरियोस् ।

७) दलितहरुलाई सिपमुलक तालिमहरुको व्यवस्था गरियोस् ।

८) आर्थिक अवस्था कमजोर भएको दलित समुदायका विद्यार्थीहरुको  लागि उच्च शिक्षा निःशुल्क पढ्नको लागि व्यवस्था होस् ।

आशा छ भोलि तपाईको कार्यकाल रहँदा सम्म यी कुराहरु भुम्लुबासी दलित समुदायहरुले अवश्य महसुस गर्न पाउनेछ्न,जातकै कारण पेलिएर, थिचिएर बस्नुपर्ने छैन, हरेक कार्यमा पन्छिएर बस्नुपर्ने छैन।

जब यी कुरा पुर्ण रुपमा लागू हुन्छ आम भुम्लुबासी दलित समुदायले तपाइलाई फेरि पनि फुलमाला साथ स्वागत गर्नेछन्।                  

क्षितिज रिजाल, सञ्चारकर्मी  

भुम्लु –२, सिम्थली

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार