मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

साहित्य र कला
दार्चुला कला–साहित्य र ‘किशनसिंह धामी : व्यक्ति र कृति’ लोकार्पण

Thearaniko Times 1398+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

काठमाडौं। दार्चुला कला–साहित्य तथा ‘किशनसिंह धामी : व्यक्ति र कृति’ नामक दुई कृतिको लोकार्पण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, डा. तारा निरौला, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. खगेन्द्र लुइँटेल, किशनसिंह धामी, पवन आलोक, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, प्रा. डा. भरतकुमार भट्टराई, प्रमोद प्रधान, ज्ञानु अधिकारी तथा कृतिकार नेत्रप्रसाद फुयललगायतका व्यक्तित्वले संयुक्त रुपमा कृति विमोचन गरे।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार शर्माले नेपाली भाषा–साहित्यको विकासका लागि निरन्तर गतिविधि आवश्यक रहेको बताए। विदेशमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा लेखक किशनसिंह धामीले गरेका योगदानको उनले प्रशंसा गरे।

कार्यक्रममा लोकार्पित कृतिहरूमाथि समालोचक प्रमोद प्रधान तथा प्रा. डा. भरतकुमार भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै कृतिबारे विस्तृत समीक्षा गरे।

शुभकामना मन्तव्यका क्रममा विभिन्न अतिथिहरुले धामीले साहित्यिक क्षेत्र र पहिचान संरक्षणमा पु¥याइरहेको योगदानको उल्लेख गरे।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका महासचिव प्रकाश घायलको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सञ्चालन सदस्य प्रदीप सापकोटाले गरेका थिए। औपचारिक सत्र अघि सुदूरपश्चिमको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार