मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

चौतर्फी दबाबपछि यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध प्रहरीमा दिए विद्यार्थी र अभिभावकले उजुरी

Thearaniko Times 1402+ समाचार ( )
१७ श्रावण २०८०, बुधवार

पनौती / काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि मा.वि.का छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुर्व्यवहार गरेको भनि विद्यालयमा उजुरी दिएको ६ दिन पछि विद्यालयले प्रहरीकोमा जाहेरी दर्ता गरेको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक तथा गणित शिक्षक छविरमण गौतमले पटक पटक विभिन्न बहानामा यौन दुर्व्यवहार गदै आएको भनि कक्षा १० मा पढ्ने १० जना छात्राहरुले विद्यालय व्यपस्थापन समितिलाई सामुहिक ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उजुरी परेपछि पनि विद्यालयले प्रहरीमा उजुरी दिन नगएपछि हिजो मंगलबार पनौती वडा नं. २ को कार्यालयमा स्थानीय अभिभावक, बुद्धिजीवी, नागरिक समाज, विभिन्न विद्यार्थीहरुको संघ-संगठन एवं शुभचिन्तकहरुको चर्को दबाबपछि विद्यालयले छैठौ दिनमा प्रहरीकोमा किटानी जाहेरी दिएको छ ।

विद्यालयको कोठाभित्रै यौन दुर्ब्यवहारको आरोप लागेका पनौती नगरपालिका वडा नम्बर २ मा रहेको कुशादेवी माध्यामिक विद्यालयका शिक्षक छविरमण गौतम विरुद्ध किटानी जाहेरी दर्ता आएको ईलाका प्रहरी कार्यालय बनेपकाका डिएस्पी रेशम बोहराले स्वीकार्नुभयो ।

विद्यालयका प्रधानाध्यापक, विब्यसका पदाधिकारी सहितको रोहबरमा ११ जना छात्राले किटानी जाहेरी दिएको उनले बताए । जाहेरी दर्ता भईसगै आवश्यक कानुनी प्रक्रिया अघि बढिसकेको डिएस्पी बोहराले जानकारी दिए ।

घटना भएको चौथो दिनमा मात्रै पनौती नगरपाकिलालाई र शिक्षा शाखामा विद्यालयले लिखित जानकारी आएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए । घटनाको गम्भिर विषयप्रति ध्यानाकर्षण भएको भन्दै शिक्षण सेवा जस्तो पवित्र संस्थामा कार्यरत शिक्षकबाट वालवालिकाहरुको भावनामा ठेस पुग्नेगरी हुने त्यस्ता कार्यहरु निन्दनीय तथा भर्त्सना योग्य भएको उनले बताए ।

तत्काल नगरपालिकाले कानुनी दायरमा ल्याउन भनि आवश्यक कानुनी प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा र इलाका प्रहरी कार्यालय बनेपामा विद्यालयबाट प्राप्त भएको सम्पूर्ण कागजातहरु संलग्न गरी पठाइ सकिएको नगर प्रमुख भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार