मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

बनेपा नगरको ४२ औ स्थापना दिवस संपन्न

Thearaniko Times 1369+ समाचार ( )
१४ चैत्र २०७९, मङ्गलबार

बनेपा/काभ्रे जिल्लाको पहिलो नगरपालिका बनेपाले स्थापनाको ४२ औ दिवस मनाएको छ । बाग्मति प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिहरूलाई विभिन्न पदकबाट सम्मान गरिएको थियो ।

स्थापना दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले संविधानको रक्षा गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताउनुभयो । ‘अहिले यो ब्यवस्थाका विरुद्ध अनावश्यक टिकाटिप्पणी भैरहेको छ । यो ब्यवस्थाको विकल्प अरु कुनै हुन सक्दैन । ब्यवस्थाका विरुद्ध बोल्नेहरुलाई हामीले काम गरेर देखाउन जरुरी छ । यो हजारौंको बलिदानी र संघर्षबाट प्राप्त ब्यवस्था हो । मुख्यमन्त्री जमरकट्टेलले भन्नुभयो ।

उहाँले तीनै तहको सरकारले प्राथमिकतामा आधारमा जनताले अनुभूत गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो । आफु संविधान सभा सदस्य हुँदा देखिनै थोरै काम गर्ने तर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्दै आइरहेको भन्दै प्रदेश सरकारले स–साना योजनामा बजेट विनियोजन नगर्ने दाबी गर्नुभयो ।

‘प्रदेश सरकारले वडा कार्यालयले गर्ने विकास निर्माणको काम बजेट विनियोजन ग¥यो भन्ने गुनासो सुनिन्छ । अब प्रदेश सरकारले स–साना विकासमा बजेट विनियोजन गर्दैन । थोरै होला तर जनता देख्दा, हेर्दा थाहा पाउने काम गरौँ । मुख्यमन्त्रीको भनाई छ ।

नगर प्रमुख शान्तिरत्न शाक्यले ‘बनेपा नगरपालिका भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाबाट फराकिलो भएको बताउनुभयो। उहाँले ‘संघीय संरचनापछि निर्माण भएका १४ वटा वडामा पूर्वाधार सहितका संरचना र जनशक्ति व्यवस्थापन भएको छ भने सोही वडाबाट नागरिकहरूले प्राप्त गर्ने अधिकतम सेवा उपलब्ध गराएको छ । सडक सञ्जालबाट सबै वडाहरूमा पहुँच पु¥याउने, खानेपानी तथा सरसफाईका क्षेत्रमा निरन्तर कार्य गरिरहेको, पक्कि सडक निर्माणलाई प्राथमिकता दिएको, नागरिकहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारमा विशेष कार्य गरिरहेको नगर प्रमुख शाक्यले बताउनु भयो ।

नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा संपन्न कार्यक्रममा उपप्रमुख विमला सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु रत्न ढकाल, लक्ष्मण लम्साल, कञ्चनचन्द्र बादे र रुकु चौलागाई सहभागि हुनुभएको थियो ।

त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ, धुलिखेलका नगरप्रमुख अशोक कुमार ब्याञ्जु, पाँचखालका नगरप्रमुख महेश खरेल, मण्डनदेउपुर नगरपालिका नगरप्रमुख टोकबहादुर वाईबा, पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल, बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारी, महाभारत गाउँपालिका उपाध्यक्ष सागर लामा सहभागि हुनुभएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका जिल्ला प्रमुखहरु पनि सहभागि हुनुभएको थियो । नगरपालिकाले स्थापना दिवसको अवसरमा नगरपालिकाभित्र लामो समय सेवा प्रदान गरेका सामुदायिक विद्यालयका शिक्षक, नगरपालिकाका कर्मचारीलाई विभिन्न विधा मार्फत सम्मान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार