मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

रोशी गाउँपालिका नवौं कार्यपालिका बैठकमा गरिएका निर्णयहरु

Thearaniko Times 1398+ समाचार ( )
२९ फाल्गुन २०७९, सोमबार

ज्ञानबहादुर थोकर

 रोशी/रोशी गाउँपालिकाको नवौ कार्यपालिका वैठक रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यपालिका वैठकले गाउँपालिकाको विभिन्न क्षेत्रमा उत्पादन हुने फोहोरमैला व्यवस्थापनको लागि गाउँपालिका अध्यक्ष दिनेश लामाको संयोजकत्वमा उपाध्यक्ष मिमबहादुर वाईवा सदस्य, वडा नंम्बर १२ का वडा अध्यक्ष वसन्त तामाङ सदस्य, वडा नम्बर ७ का वडा अध्यक्ष अशोक कुमार गौतम सदस्य, वडा नम्बर ८ का वडा अध्यक्ष जीत बहादुर तामाङ सदस्य, वडा नम्बर ९ का वडा अध्यक्ष जनम तामाङ सदस्य, वडा नम्बर ११ का वडा अध्यक्ष लालकुमार पाख्रिन सदस्य सहने गरी गाउँपालिका स्तरीय फोहोर मैला व्यवस्थापन व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरियो

 रोशी गाउँपालिकाको कार्यपालिका अन्तर्गत रहने विधेयक समिति गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवाको संयोजकत्वमा वडा अध्यक्ष लालकुमार पाख्रिन सदस्य, कार्यपालिका सदस्य लक्ष्मीमाया तामाङ सदस्य, अधिकृत छैटौ धनवीर लामा सदस्य, न्यायिक सहजकर्ता वेवीडेजी गुप्ता सदस्य सचिव रहने गरी गठन गर्ने निर्णय गरियो । साथै गाउँपालिकाको आन्तरिक लेखा परीक्षण सम्बन्धि कार्यविधि,२०७८ को दफा १० को उपदफा १ बमोजिम लेखापरीक्षण सहजीकरण समिति वडा नं ३ को वडा अध्यक्ष धनजीत लामाको अध्यक्षतामा अधिकृत छैठौ धनबिर तामाङ सदस्य, ईन्जिनियर भूपेन्द्र अधिकारी सदस्य, आन्तरिक लेखा परीक्षक चन्द्रवती श्रेष्ठ सदस्य सचिव रहने गरी गठन गर्ने निर्णय गरियो । 

रोशी गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७९ र बाल अक्षयकोष (स्थापना र संचालन) कार्यविधि २०७९ स्वीकृत गर्ने निर्णय गरेको जानकारी प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले दिनुभयो । गाउँ कार्यपालिका अन्तर्गत रहने गरी विषयगत समितिहरुको प्रभावकारी कार्य सम्पादनको लागि विषयगत समिति संचालन कार्यविधि २०७९ छलफलको लागि कार्यपालिका वैठकमा पेश गरियो र विस्तृत अध्ययन पछि आगामी कार्यपालिका वैठकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार