मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

हलि नेवा : गुठी काभ्रे मिसा कचा भोंटद्वारा शुभकामना आदानप्रदान

Thearaniko Times 1369+ समाचार ( )
२७ चैत्र २०७९, सोमबार

बनेपा/हलि नेवा: गुठी काभ्रे मिसा कचा भोटंले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ बोर्ड सदस्यहरुलाई स्वागत र सम्मान कार्यक्रम गरेको छ।

हलि नेवा गुठीका केन्द्रिय उपाध्यक्ष सुरेश सैंजुको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न संस्थाका पदमा निर्वाचित भएका व्यक्तित्वहरुलाई सम्मान गरेको हो।  कार्यक्रममा हलि नेवा गुठीका केन्द्रिय उपाध्यक्ष सुरेश सैंजुले नेवारी समुदाय अझैपनि अगाडी बढ्न हिचकिचाउने गरेको बताउदै नेवार समुदायका मानिसहरु खाली अरुलाई अगाडी सार्ने र भर्याङ मात्र बनेको बताउनुभयो । 

यसैगरी नेवा हलि नेवा :गुठीका संस्थापक तथा पूर्व अध्यक्ष ईश्वरी वादे श्रेष्ठले महिला सशक्तिकरणको बारेमा बोल्दै अझैपनि महिलाहरुमा सिप क्षमता र दक्षता भएर पनि उद्यमशिल बन्न निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

हलि नेवा: गुठी काभ्रे मिसा कचा भोटंका नाय बिनु कर्माचार्यले कार्यक्रमको अध्यक्षता गर्नुहुँदै नेवारी संस्कार, संस्कृति र नेवारी महिलाहरुको शसक्तिकरण गर्नमा सक्दो कोशिस गर्ने बताउनुभयो ।

 कार्यक्रममा लक्ष्मी श्रेष्ठ -केन्द्रिय सदस्य (सौन्दर्य व्यवसायी संघ), रामेश्वरी मानन्धर वडा सदस्य (बनेपा न.पा वडा नं -७), बुद्यलक्ष्मी मानन्धर (काभ्रे लेडि जेसीज अध्यक्ष २०२३) सम्मानित हुनुभएको थियो।नयाँ बोर्ड सदस्यहरु चण्डिका मानन्धर (छ्यानजे कव), रामेश्वरी मानन्धर (व्यापार कव), लक्ष्मी श्रेष्ठ (सम्पदा कव), रत्न तारा बर्जाचार्य (सांस्कृतिक कव), शारदा भैल (शिक्षा कव), मनिषा गणेजु (स्वास्थ्य कव), शुशिला मानन्धर (सहलह कव), अरुणा श्रेष्ठ (धवरी) रहेका छन् । सौन्दर्य व्यावसायी संघ काभ्रेकी अध्यक्ष सुस्मा प्रधान, युनाईटेड फिटनेस एकेडेमीका संस्थापक सजिना श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार