मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

नेपाल चीन साँस्कृतिक संबन्ध
स्वयम्भूनाथदेखि बाँदर पर्वतसम्म: जियुआनमा नेपाल–चीन मैत्री महोत्सव

Thearaniko Times 1402+ समाचार ( )
५ अशोज २०८२, आइतबार

जियुआन (चीन) / चीनको हेन्नान प्रान्तस्थित जियुआन शहरमा शनिबारदेखि “चीनको बाँदर पर्वत–बाँदर राजा प्रतियोगिता तथा प्रथम राष्ट्रिय महान् संस्कृति र कला सप्ताह” भव्य रूपमा सुरु भएको छ। यस अवसरमा नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन विशेष कार्यक्रम आयोजना गरियो।

उद्घाटन समारोहमा स्वयम्भूनाथ बाँदर मन्दिर सम्बन्धी आकर्षक भिडियो प्रस्तुत गरिएको थियो, जसलाई दुई देशबीचको मित्रता र आपसी सद्भावको प्रतीकका रूपमा लिइएको छ। कार्यक्रममा सहभागी नेपाली अतिथिहरूले संस्कृति र सभ्यताको गहिरो सम्बन्धलाई जोड दिँदै विचार व्यक्त गरे।

चीनका लागि पूर्व नेपाली राजदूत लिलामणि पौडेलले बुद्ध, कन्फ्युसियस र मंजुश्रीजस्ता ऐतिहासिक व्यक्तित्वहरूले नेपाल–चीन सम्बन्धलाई हजारौँ वर्षदेखि मजबुत बनाउँदै आएको स्मरण गर्दै आजको कार्यक्रमले त्यो परम्परालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

त्यस्तै, चीनका लागि पूर्व नेपाली राजदूत विष्णु कुमार श्रेष्ठले चीनको सन वुकोंग (Monkey King) र नेपालको हनुमानबीचको समानता निकै गहिरो रहेको उल्लेख गर्दै यसले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ आत्मीय र दीर्घकालीन बनाउने बताए।

कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले नेपाल र चीनबीचको सम्बन्ध केवल भौगोलिक मात्र नभई सांस्कृतिक आत्मीयताले पनि मजबुत भएको बताए। उनले भने, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले दुई देशबीचको ऐतिहासिक मित्रतालाई अझ प्रगाढ बनाउन मद्दत गर्छन्। सांस्कृतिक सम्पदा, परम्परा र विश्वास साझा गर्ने क्रममा नेपाल र चीनले आगामी पुस्ताका लागि पनि नयाँ सहकार्यको बाटो खोल्नेछन्।”

यस कार्यक्रमलाई सफल बनाउन विशेष समन्वयकारी भूमिका धुलिखेल नगरपालिकाका पूर्व उपमेयर सुवासकाजी श्रेष्ठले निभाएका थिए। उनले स्वयम्भूनाथ महोत्सव र चीनको बाँदर पर्वत दुवै बौद्ध दर्शनसँग जोडिएका प्रतीक भएको बताउँदै यी सम्पदाहरूले नेपाल–चीन मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

सप्ताहभरि चल्ने यो उत्सवमा करिब ३०० भन्दा बढी प्रतियोगीहरूले बाँदर राजा उपाधिका लागि प्रतिस्पर्धा गरेका छन्। नृत्य, संगीत, लोककला, युद्धकला र सांस्कृतिक झाँकीमार्फत चीनले आफ्नो समृद्ध परम्परा प्रस्तुत गरेको छ। आयोजकहरूले यसलाई नेपाल–चीनबीचको सांस्कृतिक पुलको रूपमा व्याख्या गर्दै भविष्यमा पर्यटन र सांस्कृतिक सहकार्यलाई अझ विस्तार गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार