मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

राजनीति
अर्थतन्त्र बलियो नभई राष्ट्रिय स्वाधीनता बलियो हुँदैन : श्याम श्रेष्ठ

Thearaniko Times 1402+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार
काठमाडौं । वामपन्थी बुद्धिजीवी तथा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अर्थतन्त्र मजबुत नभएसम्म राष्ट्रिय स्वाधीनता स्थिर र दीगो हुन नसक्ने बताएका छन्। निर्मल लामा स्मृति प्रतिष्ठानले आज आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय स्वाधीनताको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

हालसालै चलेको जेनजी आन्दोलन र आन्दोलनपछि देखिएका राजनीतिक चलफल तथा शक्ति–सन्तुलनका सवालमा पनि श्रेष्ठले टिप्पणी गरे। उनका अनुसार आन्दोलनले जनआवाजको पहिचानलाई सतहमा ल्याए पनि त्यसपछिको नेतृत्व, एजेन्डा निर्धारण र आर्थिक दृष्टिकोणमा स्पष्ट रणनीति नआउँदा परिणाम दिगो हुन नसकेको हो। “नारा र आन्दोलनले मात्र परिवर्तनलाई स्थिर बनाउँदैन, त्यसका लागि उत्पादनमुखी संरचना, स्वावलम्बी अर्थतन्त्र र राजनीतिक एकजुटता आवश्यक हुन्छ,” श्रेष्ठले भने।

श्रेष्ठले नेपालको भूराजनीतिक अवस्थालाई संवेदनशील बताउँदै आन्तरिक आर्थिक क्षमता कमजोर हुँदा विदेशी हस्तक्षेपको सम्भावना बढ्ने उल्लेख गरे। “राष्ट्रको स्वाधीनता राजनीतिक नाराले मात्र सुरक्षित हुँदैन, त्यसका लागि आत्मनिर्भर अर्थतन्त्र, उत्पादन, राष्ट्रिय उद्योग र जनमुखी आर्थिक नीति अपरिहार्य हुन्छ,” उनले जोर दिए।

कार्यक्रममा पूर्व राजदूत विजयकान्त कर्ण र राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले समेत जेनजी आन्दोलनपछि विकसित राजनीतिक अविश्वास, कूटनीतिक सन्तुलन र राज्य संयन्त्रमा देखिएको चुनौतीबारे धारणा राखे। उनीहरूले राष्ट्रिय स्वाधीनता सुदृढ गर्न राज्य संयन्त्र, राजनीतिक नेतृत्व र नागरिक समाजबीच साझा दृष्टिकोण र समन्वय आवश्यक रहेको बताए।

कार्यक्रम प्रतिष्ठानका संयोजक लिलामणि पोखरेलको सभापतित्व, सदस्य प्रदीप पोखरेलको सञ्चालन र सरिता महर्जनको स्वागत मन्तव्यसहित सम्पन्न भयो। अन्तरक्रिया कार्यक्रमसँगै निर्मल लामा स्मृति प्रतिष्ठानको तेह्रौँ साधारणसभा पनि सम्पन्न गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार