मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
ओलीको कटाक्ष: कुखुरा–बाख्रा–स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन

Thearaniko Times 1398+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू आगामी निर्वाचनको प्रतिक्षामा रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एमालेको ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी निर्वाचनमार्फत राष्ट्रिय फैसला दिन तयार रहेको दाबी गरे।

अध्यक्ष ओलीले बलिया राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न कमजोर पक्षहरू एकतामा जुट्ने गरेको टिप्पणी गर्दै विभिन्न दल र समूहहरू एमालेविरुद्ध मोर्चाबन्दीमा लागेको व्यंग्य गरे। विशाल एमाले देखेपछि कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघ वा सिंहको सामना गर्न नसक्ने उनले बताए।

उनले भने, “बलियासँग लड्न दुब्लाहरू एक ठाउँमा जम्मा हुन्छन्। आज एउटा एकता बन्छ, भोलि अर्को। तर कुखुरा र बाख्राको मोर्चाले बाघको सामना गर्न सक्दैन।”

ओलीले केही पक्षले चुनावअघि नै प्रधानमन्त्री घोषणा गरिसकेको भन्दै त्यसप्रति पनि कटाक्ष गरे। एमाले भने निर्वाचनको मितिको प्रतिक्षामा रहेको उनको भनाइ थियो। “हामी पर्खिरहेका छौँ—फागुन २१ मा हुन्छ कि, वैशाखमा हुन्छ कि, अर्को मंसिरमा हुन्छ कि। निर्वाचनले नै देशमा को लोकप्रिय छ भन्ने निर्णय गर्नेछ,” उनले भने।

महाधिवेशनले पार्टीभित्रका धेरै प्रश्नको जवाफ दिएको उल्लेख गर्दै उनले अब निर्वाचनमार्फत राष्ट्रिय फैसला हुने दाबी गरे। एमाले त्यसका लागि पूर्ण रूपमा तयार रहेको सन्देश महाधिवेशनले दिएको उनको भनाइ छ।

अध्यक्ष ओलीले लोकतन्त्र कसैले पराजित गर्न नसक्ने दाबीसमेत गरे। “लोकतन्त्र अजेय छ। यसलाई कसैले हराउन सक्दैन, अन्ततः लोकतन्त्रकै जित हुन्छ,” उनले भने।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीचको सहमतिप्रति पनि व्यंग्य गर्दै त्यसलाई ‘बाख्रा र कुखुराको मोर्चाबन्दी’को संज्ञा दिए। विशाल एमालेसँग त्यस्ता मोर्चाले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार