मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

रास्वपाको जिल्ला भेला संपन्न, ढकालकै नेतृत्वमा पुनर्गठन
रास्वपाको जिल्ला भेला संपन्न, ढकालकै नेतृत्वमा पुनर्गठन

Thearaniko Times 1369+ समाचार ( )
८ मंगशिर २०८१, शनिबार

धुलिखेल/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेको जिल्ला भेला संपन्न भएको छ । जिल्ला भेला पार्टी केन्द्रिय उपसभापति एवम् पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डि.पि. अर्यालको प्रमुख आतिथ्यतामा धुलिखेलमा संपन्न भएको हो।

जिल्ला भेलालाई संवोधन गर्नुहुँदै उपसभापति अर्यालले रविमाथि सरकारले प्रतिशोध साँधेको भनेर मुद्दा स्थापित गर्न आफूहरू सफल भएको बताए । उहाँले अरु मुद्दाहरू लिएर रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने जानकारी दिए ।

पुर्व मन्त्री तथा पार्टी उपसभापति अर्यालले अगाडि भन्नुभयो -संसदीय समितिले पनि रवि लामिछानेले प्रत्यक्ष रूपमा सहकारीबाट पैसाको कारोबार गरेको भेटिएन भनेर लिखित कागजात दियो । ११०० भन्दा बढी पेजमा रहेको समितिको प्रतिवेदनमा ८७/८८ अर्ब पैसा अपचलनमा विभिन्न संस्था, व्यक्तिका नामहरू छन् । पैसा कसरी उठाउन सकिन्छ भनेर ती संस्थाका सञ्चालकहरूलाई खोजी गर्ने, समाउने, उहाँहरूको जायजेथा रोक्का गर्ने, बेचबिखन गरेर जनताको रकम फिर्ता गराउने कामहरू गरिएन । मात्रै रवि लामिछानेलाई आक्रमण गरिएको छ, त्यसकारण यो राजनीतिक प्रतिशोध हो ।

यसैगरी माननीय एवम् केन्द्रिय सदस्य सोविता गौतम, केन्द्रिय सदस्य रमेश प्रसाईं लगायतका वक्ताहरुले आ-आफ्नो विचार राख्दै रास्वपाले व्यक्ति बचाउन होइन, सिस्टम बचाउन आन्दोलनको रोजेको बताउनुभयो । उहाँहरुले सरकारमा भएकै अर्को मान्छेको रवि लामिछानेको जस्तै केस छ भने हिरासतमा राखेर अनुसन्धान गर्नुपर्दैन । बाहिर राखेर अनुसन्धान गरे हुन्छ । हामीले अनुसन्धान नगर्नुस् भनेका छैनौं, हिरासतभन्दा बाहिर राखेर अनुसन्धान गर्नुस् भन्ने हाम्रो माग हो । किनभने उहाँ भागेर जानुहुन्न, प्रमाण नष्ट गर्नुहुन्न जस्ता बिचारहरु राख्नुभएको थियो।महाधिवेशन समयमा हुन्छ । नियमित कामहरू निरन्तर भइरहेको छ । वडा, पालिका, जिल्ला, प्रदेशका अधिवेशन पहिले सकिनुपर्‍यो, त्यसअनुसार २०८२ वैशाखमा महाधिवेशन गर्न सक्छौं भनेर नै मिति घोषणा गरिएको हो केन्द्रीय नेताहरुले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलान्चोक जिल्ला अध्यक्ष प्रविण धितालको अध्यक्षता, स्वागत मन्तव्य जिल्ला उपसंयोजक पुन्यमाता घिमिरे र  माधव श्रेष्ठको सञ्चालनमा भएको भेलाबाट जिल्ला नेतृत्व चयन गरिएको थियो। जसमा सभापतिमा प्रबिणकुमार ढकाल, उप-सभापतिमा पुण्यमाता घिमिरे, सचिवमा जि एन सापकोटा, उप सचिवमा शिवहरी प्याकुरेल, कोषाध्यक्ष- नवराज बोलखे, सदस्यहरुमा मधुकुमार चौलागाई, डा. ताराबहादुर कुँवर, डा. केशवबहादुर खुलाल, अप्सरा खत्री, सरिता के. सी., नगेन्द्रराज डोटेल, अक्कलबहादुर लामा, सजन श्रेष्ठ रहेका छन्।

यसअघि नै गर्ने भनिएकाे जिल्ला भेला रवि लामिछाने पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार