मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति/निर्वाचन
काभ्रेपलाञ्चोक–१ को दाप्चा क्षेत्रमा नेकपाको सघन जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Thearaniko Times 1398+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत आज विभिन्न स्थानमा जनभेटघाट, घरदैलो तथा प्रशिक्षण कार्यक्रमहरू सघन रूपमा सम्पन्न भएका छन्।

कार्यक्रम बिहान फूलबारीको मथुरापाटीमा आयोजित कोणसभा सहित जनभेटघाट तथा प्रशिक्षण भेलाबाट सुरु भएको थियो। त्यसपछि फूलबारी डाँडा, नमोबुद्ध, श्यामपाटी, पुरानागाउँ, छात्रेबाझ दाप्चा बजार, तल्लोहटिया, वरबोट, धर्मशाला हुँदै कांक्रे बजारमा आयोजित कोणसभासँगै आजको कार्यक्रम समापन गरिएको हो। यस क्रममा उल्लेखित सबै स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको आयोजकले जनाएका छन। 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री क. सूर्यमान दोङ (लालध्वज) को विशेष उपस्थिति रहेको थियो। साथै प्रतिनिधिसभा सदस्यका प्रतक्ष तर्फका उम्मेदवार क. दिननाथ गौतम (प्रयास), त्यस्तै समानुपातीक उम्मेदवार मीना पाख्रिन तथा रामदेवी तामाङको सहभागिता रहेको थियो।

त्यसैगरी केन्द्रीय सदस्यहरू - गंगा बहादुर तामाङ (बमध्वज), मुकुन्द गौतम, रत्न ढकाल, रामहरि खनाल उपस्थीत रहंनु भएको थियो।त्यस्तै प्रदेश समिति सदस्य तथा नगर निर्वाचन परिचालन समिति सह–संयोजक वि. पी. तिमील्सीनाले कार्यक्रम संचालन गर्नु भएको थियो भने उमेदवारहरू तथा बिभीन्न नेताहरूले आफ्ना भनाईहरू राख्नु भएको थियो। जिल्लास्तरीय नेताहरू क. दैवलाल घिसिङ (अनुशील), क. कृष्ण ब तामागं, नगर निर्वाचन परीचालन समीती संयोजक टासी लामा तथा नगरस्तरीय नेताहरू धावा लामा, रामकृष्ण अधिकारी, धर्म सिं लामा, रत्न लामा, महेश बाहुंन, कमल कुईकेल लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेकपा काभ्रेपलाञ्चोक–१ का प्रतिनिधिसभा उम्मेदवार क. दिननाथ गौतम “ प्रयास” को प्रचारप्रसार तथा घरदैलो अभियान अन्तर्गत आयोजित यी कार्यक्रमहरूले स्थानीय जनताको उत्साहपूर्ण सहभागिता र सकारात्मक प्रतिक्रिया पाएको आयोजकले जनाएका छन। 

आयोजकका अनुसार भोलि पनि भकुण्डे बजार लगायतका क्षेत्रहरूमा यस्तै जनभेटघाट तथा प्रचारप्रसार कार्यक्रमहरू निरन्तर सञ्चालन हुनेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार