मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

यो प्रतियोगिताले नेवार समुदायको कला संस्कृतिको संरक्षण टेवा पुग्नेछ

Thearaniko Times 1398+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

बिनु कर्माचार्य तौजले (नाय:) अध्यक्ष हलिं नेवाः गुथि काभ्रे मिसा कचा

हलिं नेवाः गुथि काभ्रे मिसा कचाको बारे छोटो परिचय दिनुस् ।

नेपाल भाषा, कला, संस्कृति तथा सम्पदाको संरक्षण, सम्वध्र्दन गर्ने उद्देश्यले हलिं नेवाः गुथिको एक शाखाको रुपमा वि.स. २०७६ सालमा बनेपामा हलिं नेवाः गुथि काभ्रे मिसा कचाको स्थापना गाएको हो । यसको केन्द्रिय कार्यालय थानकोट काठमाडौंमा रहेको छ।

यस संस्थाले नेपाल भाषा, कला, संस्कृति, सम्पदा, संगीतको जगेर्ना, संरक्षण र सम्वध्दर्न गर्ने तथा नेवाः समुदायको सामाजिक, आर्थिक, राजनीतिक विकासको लागि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ।

यस्तै यस संस्थाका सदस्यता लिइएका नेवार समुदायका व्यक्ति तथा परिवारहरुमा दाहसंस्कार गर्न नसकिनेहरुलाई केन्द्रबाट (दाहसंस्कार कव) द्वारा सहयोग गर्ने गरिन्छ। गुठी विवेदिकरणको समयमा पनि यस संस्थादारा आवाज समेत उठाइएको थियो।

हलिं नेवाः गुथि काभ्रे मिसा कचाले गर्न लागेको मिस्टर एण्ड मिस लिटिल नेवाः काभ्रेबारे के भन्नुहुन्छरु यो कार्यक्रम गर्ने सो कसरी आयो ?

हलिं नेवाः गुथि काभ्रेले मिसा कचाद्वारा आयोजना गरिएको Mr./Miss little Newa Kavre मा ८ वर्षदेखि १४ वर्षसम्मका नेवार समुदायलका बाबुनानीहरुले भाग लिइरहेका छन्।

पनौती, धुलिखेल, सांगा, बनेपाका विभिन्न स्कुलहरुका छात्र छात्राहरु यस कार्यक्रममा सहभागी रहेका छन् । Trainning period मा बच्चाहरुलाई नेपाल भाषा रञ्जना लिपि सिकाइ, मठ/मन्दिरको भ्रमण, फोटो सुट, कोरियोग्राफी, नृत्य, वृक्षारोपण (माटोसँगको हाम्रो सम्बन्ध), blood grouping का साथै विभिन्न विषयमा orentation तथा awareness program class दिंदै आईरहेका छौं । यो कार्यक्रम १० भदौ, २०८० बाट शुरू भइ ६ असोज २०८० मा Final भइ समाप्त हुनेछ।

अहिले नेवारी संस्कृति, कला, भाषा लोप हुँदै गएको महसुस भैरहँदा आफ्नो बाल(बालिकामा नेवारी संस्कृति, कला, भाषा सभ्यताको जानकारी दिनुका साथ साथै आफु नेवार भएकोले आफ्‌नो परिचय पहिचान गराउने उद्देश्यले संस्थामा आवद्द साथीहरु रामेश्वरी मानन्धर, मनिषा श्रेष्ठ, जलजला सुवाल लगाएतका हाम्रा साथीहरुको भेलाले संस्कृति प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रम गर्ने सोच आएको हो।

प्रतियोगी नानी बाबुहरुले यो कार्यक्रमबाट के सिक्छरु नेवारी भाषा र संस्कृति जगेर्नाको लागी यो कार्यक्रमले के कस्तो सहयोग पुर्याउँछ ?

यो कार्यक्रमवार बच्चाहरूले सबैभन्दा पहिले त हामी नेवार हौं। नेवार समुदायमा हामी पर्छौंू भन्ने कुरा सिक्छन् । त्यस्तै नेपाल भाषा, रञ्जना लिपि, मठ ( मन्दिरहरुको विशेषता, पौराणिक तथ्यहरू, हाम्रो बाजा, संगीत, धुन, नृत्य आदि विभिन्न नेवार समुदाय सम्बन्धि कुराहरु सिक्ने मौका पाउँछन्।

नेपाल भाषा र संस्कृति जगेर्नाको लागी यो कार्यक्रमले एक पाईला भए पनि अगाडि बढ्न सहयोग पुर्याउँछ । हामी नेवार मुखले मात्र एक हुन्छौ, तर व्यवहारमा कहिले हुने होरु एक नेवारले यस्ता कार्य गर्दा अर्कोले साथ र सहयोग गर्ने गर्नुपर्छ। जसले गर्दा यस्ता कार्यक्रमहरु भईरहँदा मौखिक मात्र नभई व्यवहारमा पनि एकजुट हुँदै जान्छ ।

अन्तमा…………………..?

हाम्रो यस कार्यकममा तपाईंहरु सबैको सहयोगको अपेक्षा गर्दै अब आउने असोज गते शनिवार, बनेपा पार्टी भेनुमा, बिहान ११:३० बजे हुन गइरहेको Mr. / Miss little Newa Kavre मा यहाँहरूको उपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रम सफल बनाईदिनु हुन यस संस्थाका अध्यक्ष बिनु कर्मचार्यको तर्फबाट हार्दिक अनुरोध गर्दछु। धन्यवाद।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार