मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

अन्टेटारमा पन्चकन्या देवीको प्राणप्रतिष्ठान

Thearaniko Times 1398+ समाचार ( )
१३ माघ २०७९, शुक्रबार

गणेश आचार्य 

काभ्रे/काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका–२, स्थित् कुशादेवी, अन्टेटारमा श्री पन्चकन्या देवीको प्राण प्रतिष्ठान सम्पन्न भएको छ ।

स्थानीयहरुले  बिहिवार  वसन्तपन्चमीको दिन विशेष पुजा, पाठ गरी पन्चकन्या देवीको प्राण प्रतिष्ठान गर्दै मन्दिरमा विभिन्न देवी देवताको मुर्तिहरु समेत प्रतिष्ठान गरेका छन् । मन्दिरमा कालरात्री, सिद्दिधात्री, कागतिहायनी, स्कन्दमाता चन्द्रघन्टा, ब्रम्हचरिणी, शैलपुत्री, राधाकृष्ण, सरस्वती, गणेश, हनुमान, दुर्गा र महादेवका समेत मुर्तिहरु स्थापना गरेका छन्।

पन्चकन्या मन्दिर निर्माणको लागि करिब २ वर्ष अगाडि सप्ताह ज्ञान यज्ञ आयोजना  भएको  थियो । सप्ताहबाट करिब  २ लाख नगद जम्मा भएकोमा  स्थानीयवासी  कुमार थापाको नेतृत्वमा अन्यत्रबाट समेत आर्थिक स्रोत जुटाउँदै मन्दिर निर्माण सम्पन्न भएको  हो । मन्दिर निर्माणको लागि स्थानीय लक्ष्मण बोलखे र केदार बोलखेले  पनौती–२, स्थित कुशादेवी अन्टेटारमा जग्गा उपलब्ध गराएका हुन् । अन्टेटार सामुदायिक वनको क्षेत्रमा अवस्थित् यो पन्चकन्या मन्दिरमा देवीको ऐतिहासिक महत्व रहेको बताइन्छ । परम्परादेखिनै उक्त देवीको शक्ति रहेको र पुजा गरिदै आएको स्थानीय बताउँछन् । किंबदन्ती अनुसार लिलावती खोलामा मध्यरातमा केही बल्दै माथिसम्म आउने तर यो देवीको पुजा गरिने क्षेत्रमा आएपछि उक्त बत्ति हराउने गरेको स्थानिय शशी बोलखे बताउँछ । साथै हरेक बिजयादशमीमा यहाँ देवीको  पुजा आराधना गरिदै आएको छ । सुन्दर वातावरणमा अवस्थित यस मन्दिरमा  भावी दिनहरुमा  सानो पार्कको निर्माण गरेर  पर्यटनको सम्भाव्यस्थल  बनाउन आफुहरु प्रयासरत रहेको स्थानीयहरुले  बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार