काठमाडौं/दरबारमार्गको शेर्पा मलमा रहेको हार्ड रक क्याफेले विश्व संगीत दिवसको अवसरमा अन्तर स्कुल ब्याण्ड प्रतियोगिता संपन्न गरेको छ।
अंग्रेजी र नेपाली विधामा प्रतिस्पर्धा गराएको प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर स्थित विभिन्न विद्यालयका ब्याण्ड हरुले भाग लिएका थिए।
सो प्रतियोगितामा राजर्षि गुरुकुल भक्तपुरका इटर्नल फ्लेम ब्याण्डले अंग्रेजी विधामा जीत हासिल गरेको छ। सोही ब्याण्डका लिड गितारिष्ट डियन बज्राचार्यले बेष्ट गितारिष्ट र संगित शिक्षक संजिव घिसिङले बेष्ट म्युजिक टिचर उपाधि पाएका थिए।
नेपाली विधामा पाठशालाको ब्याण्डले जित हात पारेका थिए। जसमा काठमाडौं मेरीदियन र पाठशालाका लिड सिंगरहरुले वेष्ट सिंगर उपाधि पाएका थिए भने वेष्ट ड्रमरकाे उपाधि चाँडबागका ड्रमरले पाएका थिए। प्रतियोगितामा हार्ट ब्रेकस ब्याण्डले निर्णायकको भुमिका निर्वाह गरेका थिए।
राजर्षि गुरुकुल, काठमाडौं वर्ल्ड स्कुल, पाठशाला, रातो बंगला, चाँण्डबाग, काठमाडौं मेरीदियन, बागमती बोर्डिङ स्कूल, युरो स्कुल, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीले प्रतियोगितामा भाग लिएको थियो।
राजर्षि गुरुकुलका इटर्नल फ्लेम ब्याण्डका दियन बज्राचार्य, निर्भि केसी, भिजन पन्थी र प्रसिद्ध सिजापति प्रतियोगितामा सहभागी थिए।
लुकेको प्रतिभालाई प्रस्फुटन गराउन विश्व संगित दिवसको अवसरमा अन्तर विद्यालयका ब्याण्डहरु बीच प्रतिष्पर्धा गराएको हार्ड रक क्याफेले जनाएको छ।