मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

प्रधानमन्त्री ओलीलाई पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रावलका ७४ प्रश्न
प्रधानमन्त्री ओलीलाई पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रावलका ७४ प्रश्न

Thearaniko Times 1369+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौं/नेकपा (एमाले)बाट हालै निस्कासित भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन्।

एमालेले संगठित सदस्यबाट हटाएपछि काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले वाम गठबन्धन, माओवादीसँग पार्टी एकतादेखि प्रतिनिधि सभा विघटन, सर्वोच्च अदालतको फैसला तथा एमाले विभाजनको घटनाक्रमसम्म ओलीको भूमिकाप्रति प्रश्नैप्रश्न उठाएका हुन्। 

विभिन्न राजनीतिक घटनाक्रमहरूमा ओलीले विधि विधान र अनुशासनविपरीतका क्रियाकलाप गरेको उनको आरोप छ। 

'उहाँको भनाइ र गराइमा कति फरक छ। विधि पद्दति अनुशासन र जिम्मेवारीका कुरा उहाँको फोस्रो गफबाहेक केही होइन,' उनले भने। 

उनको क्रियाकलाप कति स्वेच्छाचारी छ भन्ने विषय ओलीका निर्णयहरू पटकपटक सर्वोच्च अदालतबाट उल्टिनुले पनि पुष्टी हुने बताए। 

'प्रतिनिधि सभा विघटनलाई संविधान विपरीत ठहर गर्दै सर्वोच्चको परमादेशले गठन भएको सरकारलाई बारम्बार परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो। तर कोशी प्रदेशमा अदालतमा मुद्दा दायर गर्दै परमादेशको आधारमा सरकार गठन गर्न किन लगाएको?,' उनले भने। 

यस्ता छन् ओलीमाथि रावलले उठाएको प्रश्नहरु

  • २०७४ मा वाम गठबन्धनसँग झण्डै दुई तिहाइ बहुमत हुँदाहुँदै उपेन्द्र यादवलाई सरकारमा किन सहभागी गराइयो ?
  •  पार्टीका तर्फबाट वामदेव गौतम नेतृत्वको कार्यदलले दिएको सुझाव किन रद्दीको टोकरीमा फालियो ?
  •  स्थायी कमिटीलाई जानकारी नदिई प्रचण्डसँग पालैपालो प्रधानमन्त्री सहमति किन गरियो ?
  •  प्रधानमन्त्री हुने भएपछि जबजलाई तिलाञ्जलि दिएको होइन ?
  • प्रचण्डसँग आधाआधा प्रधानमन्त्री हुने गोप्य पाँच बुँदे सहमति गरेर पार्टीभित्र कलहको विजारोपण किन गरियो ?
    • २०७५ सालमा सुरक्षा परिषद्सम्बन्धी विधेयकमा प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने प्रावधान राखेर तानाशाह बन्ने कूआकांक्षा राखेको होइन ?
    •  ‘एसियाको नयाँ देश स्वतन्त्र मधेश’ भन्ने सीके राउतसँग प्रधानमन्त्रीले सम्झौता गर्नु उचित थियो ?
    •  भारतीय दूतावासको धम्कीपूर्ण पत्र आउँदा नेपालमा आयात हुने फलफूल, तरकारी, माछामासु लगायतको विषादी परीक्षण नगर्ने निर्णय कुन स्वार्थमा गरियो ?
    •  एक अर्ब खर्चेर नेपालमा भारतीय चलचित्रकर्मीहरूलाई दिइने आइफा पुरस्कार वितरण काठमाडौंमा गर्ने निर्णय किन भयो ?
    •  गुठी विधेयक किन ल्याउनु भयो ?
    •  होक्जा मुनको घोर कम्युनिष्ट विरोधी मन्तव्य स्वाथका साथ सुन्ने र सम्मान प्राप्त गर्दा देशको प्रधानमन्त्रीको गरिमा रह्यो ?
    • असमान र अपमानजनक गोर्खा भर्ती बन्द गर्नुका साटो नेपाली युवतीहरूलाई भर्ती जान दिने किन ?
    •  सवारी साधनमा अंग्रेजी भाषामा नम्बर प्लेट राख्ने निर्णय कसको स्वार्थमा गरियो ?
    •  व्यवसायमा विदेशी लगानी आउन नहुने पार्टी नीतिविरुद्ध तपाई किन ?
    •  एमसीसी अध्ययन गर्न पार्टीले बनाएको कार्यदलको प्रतिवेदन किन कार्यान्वयन भएन ? एमसीसी पारित भइरहँदा संसदमा कथित् नाराबाजी नाटक किन ?
    •  घरघरमा खाना पकाउने ग्याँस, रेल, पानी जहाज जस्ता कार्यक्रमहरू कहाँ पुग्यो ?
    •  चोलेन्द्र शमशेर जबराका नातेदार गजेन्द्र हमाल मन्त्री नियुक्त हुँदा किन बोलिएन ?
    •  सर्वोच्च अदालतबाट नेकपाको एकता भंग गराउने फैसला तपाईकै डिजाइनमा भएको होइन ? (अरु घटनाक्रमहरू समेत सामेल गराइएको छ ।)
    • बालुवाटारमा भारतीय रअका प्रमुख सामन्त गोयलसँग प्रतिनिधि सभा भंग गर्नेबारे कुराकानी गरिएको होइन ?
    •  लुम्बिनीका सांसद विमला वलीलाई अपहरण गर्ने शंकर पोखरलको सत्ता जोगाउन सेना परिचालन किन गरियो ?
    •  ९०० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना सुटुक्क सम्पने तपाई होइन ?
    •  १७ ठाउँमा जसपालाई सिट छोड्ने अनि कमल थापालाई सूर्य चिन्ह किन दिइयो ? एकनाथ ढकाल एमालेको सांसद कसरी बने ?
    •  ७३ वर्षको बुढो अवस्थामा पनि अध्यक्ष र प्रधानमन्त्रीमा किन मुख वाएको वायै ? पञ्चायतकाल हुँदै १९ पटक मन्त्री भएकाले २० औं पटक मन्त्री किन ?
    •  संविधान दिवसलाई ‘कालो दिवस’ भन्ने राजपालाई संसदीय समितिको सभापति बनाउनुको रहस्य के हो ?
    •  बागमतीको किनारमा बस्नेहरूका लागि बनाइएको भवन प्रधानमन्त्री भएको बेला आफ्नी पत्नी संरक्षक रहेको मानव सेवा आश्रम नाम गैससलाई निःशुल्क किन दिइयो ?
    •  एक व्यवसायीको घरमा सातबुँदे गरी सत्ता फेर्नु अवसरवादी चरित्र होइन ?
    • तपाई प्रधानमन्त्री भएकै बेला नेपालीहरूलाई नक्कली शरणार्थी बनाएको होइन ? तपाईकै गृहमन्त्रीका छोरा र सुरक्षा सल्लाहकार समेतले ठूलो रकम असुलेको होइन ? २०८० वैशाख २० गते प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमाले (टोपबहादुर रायमाझी) लाई गिरफ्तार नगर्न आग्रह गरेको होइन ?
    •  २०७७ वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टीमा विग्रह ल्याएको होइन ?
    •  मदन भण्डारी फाउन्डेसनबाट देशभर समानान्तर पार्टी कमिटी चलाएको होइन ?
    •  ५ पुस २०७७ मा प्रतिनिधि सभाको असंवैधानिक निर्णय गरी देश, जनता र पार्टीलाई अनिश्चयतिर धकेलेको होइन ?
    •  संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधानमाथि प्रहार गरेको होइन ?
    •  पार्टी बैठकको माग गर्दा १० पृष्ठको पत्र लेखेर तत्कालीन नेकपामा संकट निम्त्याएको होइन ?
    •  तपाईं पाँचै वर्ष प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्ष हुने सहमति कसको स्वार्थमा अवज्ञा गर्नुभयो ?
    •  प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएपछि फागुन २८ गते आफ्ना गुटका केही केन्द्रीय सदस्यको बैठक राखेर पार्टीलाई विभाजनतर्फ धकेलेको होइन ?
    •  बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णुप्रसाद पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अनियमित ढंगले पाएको जग्गा फिर्ता गर्ने योजना तपाईकै होइन ?
    • राष्ट्रको ढुकुटीबाट चारवटा हेलिकोप्टर प्रयोग गरी बर्ड थे मनाउने तपाई होइन ?
    • राजाको प्रत्यक्ष शासनका बेला समेत अवसर छोप्ने युवराज खतिवडालाई राष्ट्रिय सभाको पदावधि सकिएपछि पनि अर्थमन्त्री बनाउने तपाईं होइन ?
    •  सार्कको अध्यक्ष राष्ट्रको हैसियतले कुनै कुरा नगर्नुमा कसको स्वार्थ र दबाब हो ?
    •  एमसीसी पारित नहुँदै बजेटमा किन राखियो ?
    •  कोरोना संक्रमणका बेला जनताको निःशुल्क उपचार नगर्ने निर्णय भएको होइन ?
    •  एमालेको एकता जोगाउने प्रयासमा संकट ल्याउने गरी २०७८ वैशाख २८ मा प्रधानमन्त्री पदमा विश्वासको मत लिन्छु भन्ने निर्णय किन ?
    •  एमालेको एकता कायम राख्ने गरिएको १० बुँदे सहमति कार्यान्वयनमा एकरुपता किन गरिएन ? एमाले र नेकपा हुँदा सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिएँ, १० बुँदेपछि किन दिइएन ?
    •  १० बुँदे कार्यान्वयन नभएकाले उक्त कार्यान्वयन गर्ने समितिबाट राजीनामा दिने मेरो निर्णयलाई गम्भीरताका साथ किन हेरिएन ?
    •  राष्ट्रहितविपरीत नागरिक विधेयक ल्याएर अधिकारको दुरुपयोग गरेको होइन ?
    •  दीपक मनाङेलाई निर्विरोध निर्वाचित गराउने र मन्त्री बनाउने तपाईं होइन ?
    •  वामपन्थी एकता नगर्ने शर्तमा प्रधानमन्त्री बन्ने तपाईं ?
    •  गिरीबन्धु टी–इस्टेटबाट जोगिन रातारात गठबन्धन फेरेको हो ?
    •  कुन सिद्धान्तका आधारमा मीनबहदुर गुरूङबाट भवन लिने निर्णय भयो ?
    •  चीन भ्रमणमा जाँदा नेपालको लिपुलेक भञ्ज्याङ प्रयोगबारे मौन रहनुको अर्थ के हो ?
    • मलाई पार्टीबाट निस्कान र अरु दुईजनालाई निलम्बन गर्ने निर्णयप्रति सातजना पदाधिकारीले दिएको सुझाव नसुन्नुले तपाईंको शैली र व्यवहार निरंकुश र दमनकारी भएको पुष्टि हुँदैन र ?
    • ओली ०७१ सालमा एमालेको अध्यक्ष बने पनि उनी २०७४ सालमा दुईतिहाइ बहुमत नजिकको प्रधानमन्त्री भएयताका बोलीव्यवहारमा केन्द्रित भएर रावलले आलोचना गरेका छन् । आफूसँग तिक्तता उत्कर्षमा पुगेको दशौं महाधिवेशनका सन्दर्भलाई पटकपटक रावलले दस्तावेजमा दोहोर्याएका छन् ।

    प्रतिक्रिया

    ताजा समाचार

    सबै







    ट्रेन्डिङ

    सबै







    सम्बन्धित समाचार