मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |
मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |


अपाङ्गता भएका व्यक्तिहरूलाई काभ्रे क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात

Thearaniko Times 1402+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

कार्तिक १४, बनेपा । काभ्रे बहुमुखी क्याम्पस, बनेपाको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको आज मंगलबार प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेबाट समुद्घाटन गरिएको छ ।


“काभ्रे जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकण गर्न हस्तकला उत्पादन व्यवस्थापन” विषय अन्तर्गत हुन गइरहेको उक्त कार्यक्रमको अवधिभरमा अपाङ्गता भएका व्यक्तिहरूलाई हस्तकला उत्पादन र सो को बजार व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिने छ ।


काभ्रे जिल्लाभित्रका अपाङ्गता भएका सहभागीहरूलाई पहिलो चरणमा आज मंगलबारदेखि कागज र कपडाको हस्तकला तालिम सञ्चालन गरिने क्याम्पसका उपप्राध्यापक एवं कार्यक्रम प्रमुख कृष्णप्यारी नकर्मीले जानकारी दिनुभयो । उहाँले विभिन्न चरणमा सञ्चालन हुने उक्त कार्यक्रमको दोस्रो चरणमा पराल र बाँसको हस्तकला तालिम, तेस्रो चरणमा उत्पादनको रेकर्ड राख्ने र व्यवस्थापन सम्बन्धी तालिम र चौंथो चरणमा उत्पादनको प्रवद्र्धन र बिक्री सम्बन्धी तालिम सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व उद्योगराज्यमन्त्री एवं बागमती प्रदेश, प्रदेश सभा सदस्य वादेले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि यो कार्यक्रम उत्कृष्ट रहेको बताउनुहुँदै यसको दीगोपनाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष लालकृष्ण तिमल्सिनाले आफ्नै वडामा रहेको क्याम्पसले नै समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिका लागि यस किसिमको कार्यक्रम गर्न लागेकोमा गर्व गर्नुहुँदै आवश्यक सहयोग गर्न समेत प्रतिबद्ध रहेको बताउनुभयो । काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकेले हस्तकला उत्पादन र व्यवस्थापन पछि बजार प्रबद्र्धनको कुरा आउने र जसका लागि काभ्रे उद्योग वाणिज्य संघसँग सहकार्य गरी अघि बढ्न सक्ने बताउनुभयो ।

यस्तै, नेपाल अपाङ्ग महिला संघकी महासचिव एवं जिल्ला अपाङ्गता संघ, संस्था समन्वय समितिकी सचिव पम्फा पुर्काेटीले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गर्न लागिएको यो कार्यक्रमले उनीहरूको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पार्ने बताउनुभयो । उहाँले यस्ता किसिमको कार्यक्रमहरू एकपटक मात्र सञ्चालन नभई दीगो रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा काभ्रे बहुमुखी क्याम्पसले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै क्याम्पस प्रमुख के.जी. वैदारले यो पटकदेखि क्याम्पसबाट समुदायमा पनि केही योगदानका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक र सामाजिक स्तरोन्नतिको लागि यस किसिमको कार्यक्रम सञ्चालन गर्न लागिएको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरू उहाँले बताउनुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय अध्यक्ष लम्बोदर कायस्थले क्याम्पसले शुरू गरेको यस किसिमको कदमलाई स्वागत गर्नुभएको छ । साथै, उहाँले यस किसिमको कार्यक्रमलाई आगामी दिनमा अझैं प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य एवं सहायक क्याम्पस प्रमुख अर्चना हाडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला अपाङ्गता संघ संस्था समन्वय समिति कोषाध्यक्ष एवं काभ्रे बहिरा विकास संस्थाका महासचिव धिरोज अधिकारी, क्याम्पस सञ्चालक समितिका सदस्य कृपेन्द्र श्रेष्ठ, इश्वरीप्रसाद ओझा, क्याम्पसका प्राध्यापकहरू, कर्मचारीहरू, विद्यार्थीहरू र तालिमका सहभागीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार