मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

आजसम्म भएका संघर्ष, विद्रोह र बलिदानको समग्रता १० बर्षे जनयुद्धमा प्रकट भएकाले सुरुवातको दिनलाई संकल्प पर्वको रुपमा मनाऔं
आजसम्म भएका संघर्ष, विद्रोह र बलिदानको समग्रता १० बर्षे जनयुद्धमा प्रकट भएकाले सुरुवातको दिनलाई संकल्प पर्वको रुपमा मनाऔं

Thearaniko Times 1402+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

काठमाडौं- आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालले माघ मसान्त र फाल्गुन १ गतेलाई संकल्प पर्वको रुपमा मनाउँदै आएको छ ।

बलिदानको स्मरण र क्रान्तिको संकल्प पर्वको अवसरमा हिजो माघ ३० गते देशैभरिका ब्युरोमा वैचारिक, राजनैतिक र सांस्कृतिक कार्यक्रम सहित सामुहिक भोजनको आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख वक्ता वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले नेपाली समाजको आमूल रुपान्तरणको निम्ति जनताको पक्षबाट आजसम्म भएका संघर्ष, विद्रोह र बलिदानको समग्रता १० बर्षे जनयुद्धमा प्रकट भएकाले सुरुवातको दिनलाई महाउत्सवको रुपमा मनाउने निर्णय गरेको बताउनुभयो।धार्मिक अन्धताबाट अलग्गिदै इतिहासका सम्पुर्ण संघर्ष र बलिदानीको गहिरो स्मरण अनि नयाँ व्यवस्था निर्माण गर्ने दृढ संकल्प सहितको पर्वको रुपमा संकल्प पर्व मनाउने थालिएको उहाँको भनाइ थियो ।  

काठमाडौंको अनामनगरमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेवा ब्युरोकाे आयोजनामा भएको कार्यक्रममा  नेवा राज्यका संयोजक बुद्धलक्ष्मी महर्जनको संयोजन तथा वैज्ञानिक समाजवादी केन्द्रीय पूर्णकालीन शिविर सदस्य हयाल तामाङले राष्ट्रिय भेलाले पारित गरेको आधार पत्र वाचन गरेका थिए भने पार्टीका प्रवक्ता मदन अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए। 

फागुन १ गते पार्टी सवस्यहरुले संकल्प पर्वलाई घर घरमा सांस्कृतिक हिसावले उत्सवको रुपमा मनाउने संस्कृति निर्माण गर्दै अगाडी बढिरहेका छौं । राजनीति, अर्थतन्त्र र संस्कृतिको क्षेत्रमा आमुल परिवर्तन नगरी वैज्ञानिक समाजवाद स्थापना गर्न नसकिने र वैज्ञानिक समाजवाद स्थापना नगरी उत्पीडित राष्ट्र तथा समुदायको मुक्ति नहुने भएको भन्दै संस्कृतिको क्षेत्रमा पनि नयाँ गर्न सुरु गरेको जनाएको आधारपत्रमा उल्लेख छ ।

सोही कार्यक्रममा विजय विक र अस्मिता वादीले सह-जीवनको सुरुवात गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार