मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

काभ्रे एकेडेमीले जिते प्रथम बनेपा मेयर कप तेक्वान्दो आईटिएफ च्याम्पियनसिप

Thearaniko Times 1398+ समाचार ( )
१३ माघ २०८०, शनिबार

बनेपा । काभ्रे तेक्वान्दो आईटिएफ एकेडेमीले ‘प्रथम बनेपा मेयर कप तेक्वान्दो आईटिएफ च्याम्पियनसिप’  हात पार्न सफल भएको छ । 

काभ्रे तेक्वान्दो आईटिएफ एकेडेमीले बनेपामा दूई दिनसम्म आयोजना गरेको मेयर कप च्याम्पियनसिपमा आयोजक संस्था काभ्रे तेक्वान्दो आईटिएफ एकेडेमीले १४ स्वर्ण, ५ रजत र ७ कास्य पदकसहित प्रथम भएको हो ।

प्रतियोगितामा धुलिखेल तेक्वान्दो आईटिएफ डोजाङले १० स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित दोस्रो र बनेपा तेक्वान्दो आईटिएफ डोजाङले ५ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित तेस्रो भएका छन् ।  प्रतियोगितामा विजयी खेलाडी र समूहलाई बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नगर उपप्रमुख विमला सापकोटा दाहाल र राष्ट्रिय खेलकुद परिषदका सदस्य अञ्जन धमलाले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

विजयी खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुहुँदै नगर प्रमुख शाक्यले स्वस्थ र अनुशासित बन्नका लागि हरेक व्यक्तिले खेल खेल्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेल प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रबृत्ति प्रदान गर्ने बताउनुभयो । खेलेर के पाउँछ भन्ने बुझाईमा रहेका आम अभिभावकलाई खेलेर उत्कृष्ट भएका खेलाडीहरुले छात्रबृत्ति पनि पाउन सकिन्छ भन्ने उदाहरण बनेपा नगरपालिकाले दिने उहाँले बताउनुभयो ।

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बधाई व्यक्त गर्नुहुँदै खेल आत्मरक्षाको लागि पनि खेल्न आवश्यक रहेको बताउनुभयो । विशेष गरी महिलाहरुलाई आत्मरक्षाका लागि आवश्यक भएको भन्दै सम्पूर्ण महिलाहरुलाई खेलक्षेत्रमा लाग्न आग्रह गर्नुभयो । ‘अझ पछिल्लो समयमा बालबालिकाहरु मोबाईलमा मात्रै झुम्मिएर बस्ने गरेको अवस्थाबाट टाढा राख्दै स्वस्थ र फुर्तिला बनाउनका लागि खेलक्षेत्रमा आवद्ध गराउन आवश्यक छ ।’ 

नेपाल आईटिएफ तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष प्रविण कार्की आईटिएफ तेक्वान्दोको विकासका लागि संस्थागत रुपमा लागिरहेको बताउनुभयो । खुल्ला आकाशमुनि धेरै दुःख गरेर खेलाडी उत्पादन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न काभ्रेले योगदान पुर्याएको भन्दै महासंघको काभ्रेको योगदानप्रति उच्च सम्मान रहेको बताउनुभयो ।

काभ्रे तेक्वान्दो आईटिएफ एकेडेमीका संस्थापक अध्यक्ष राजमन्दिर श्रेष्ठले तेक्वान्दो आईटिएफको विकास र आम खेलाडीहरुको विकासका लागि निरन्तर रुपमा लागिरहेको बताउनुभयो । खेलाडीहरुको विकास र क्षमता अभिबृद्धि गर्दै राष्ट्रिय रुपमा आफ्नो छवि बनाउनका लागि खेलाडी उत्पादन गर्ने र राष्ट्रको लागि योगदान दिन निरन्तर रुपमा लागिरहेको उहाँको भनाई छ ।

प्रतियोगितामा २०० जना भन्दा बढी खेलाडीहरु सहभागि थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार