मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

गठबन्धनबाट जिल्ला समन्वय समितिकाे प्रमुखमा दिपकले मनाेनयन दर्ता गरे

Thearaniko Times 1398+ समाचार ( )
२९ जेठ २०७९, आइतबार

धुलिखेल /काभ्रेका वाम लाेकतान्त्रिक गठबन्धन दलहरूकाे तर्फबाट प्रमुखको उम्मेदवारमा नेकपा (एकीकृत समाजवादी) जिल्ला सचिव दिपक गाैतमले मनाेनयन दर्ता गरेका छन्।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन कायम नै राखेका छन् ।

गठबन्धन दलहरुबिच जिल्ला समन्वय समितिको सिट बाँडफाँड गर्दा प्रमुख एकीकृत समाजवादीकाे भागमा परेकाे थियाे । 

गठबन्धनको तर्फबाट प्रमुखमा एकिकृत समाजवादीका दिपक कुमार गौतम, उपप्रमुखमा कांग्रेसका रिमबहादुर तामाङ र सदस्यमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी एमालेले प्रमुखमा कमला भट्टराई र उपप्रमुखमा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । सदस्यहरुमा प्रमिला विक कामी, रोजिना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार र गोपिबहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जारा छन् ।

गठबन्धनबाट प्रमुख पदका उम्मेदवार गौतम विद्यार्थी राजनीतिबाट उदाएका हुन् । कक्षा ८ पढ्दै एमाले निकट अनेरास्वियुको प्रारम्भिक कमिटी अध्यक्ष हुदै राजनीतिमा प्रवेश गरेका गौतम इलाका, क्षेत्र हुदै २ कार्यकाल जिल्ला कमिटी अध्यक्ष भएका थिए । अनेरास्वियुको वाग्मती अञ्चल प्रमुख, २ पटक केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष हुदै केन्द्रीय उपाध्यक्ष भएका थिए ।

गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार तामाङ कांग्रेसका पुराना नेता हुन् । २०५२ सालदेखि पार्टीमा सकृय उनी १० औं र ११ औं महाधिवेशनमा साविक सिपाली चिलाउने गाविसको इकाई सभापति निर्वाचित भएका थिए । २०५८ मा पार्टीको क्षेत्र न १ को सदस्य रहेका उनी नेपाल तामाङ संघ काभ्र्रेको संस्थापक सभापति हुन् । हाल कांग्रेसको वाग्मती प्रदेश प्रतिनिधी रहेका उनी प्रदेश सभा क्षेत्र नं १ का सदस्य समेत हुन् ।

एमालेबाट प्रमुख पदका उम्मेदवार भट्टराई एमालेको धुलिखेल नगर इञ्चार्ज हुन् । पार्टी निकट अखिल नेपाल महिला संघको निवर्तमान अध्यक्ष रहेकी उनी धुलिखेल–१२ मा वडा सदस्य निर्वाचित भएकी थिइन् ।

उपप्रमुख पदका उम्मेदवार केसी एमालेका जिल्ला सचिवालय सदस्य हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनौती–८ मा राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवार बनेका राप्रपाका जिल्ला सचिव केसी सोही साल भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा एमालेलाई समर्थन गर्दै प्रवेश गरेका थिए ।

जिससको निर्वाचन असार १ गतेका लागि तोकिएको छ । भोली उम्मेदवारको विरोध उजुरी गर्ने, मनोनय पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशसन गर्ने, नाम फिर्ता गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पर्सीको दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार