मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बालदिवसको अवसरमा जनप्रतिनिधि र विद्यार्थी बीच अन्तर्क्रिया संपन्न
बालदिवसको अवसरमा जनप्रतिनिधि र विद्यार्थी बीच अन्तर्क्रिया संपन्न

Thearaniko Times 1398+ समाचार ( )
२९ भाद्र २०८१, शनिबार

बनेपा/ बनेपा नगरपालिकाको आयोजनामा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ ६० औ राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकासंग जनप्रतिनिधि सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बालबालिकाहरुले नगरपालिकाले शिक्षामा गरेको लगानी, बिद्यालयको समस्या, शिक्षकको गुनासो जस्ता विषयहरु उठाएका थिए।

जातिय छुवाछुतका कारण आफुले भोग्नुपरेको पिडादेखि बालबालिकाको क्षेत्रमा कति प्रतिशत रकम छुट्टयाएको छ ? त्यो पारदर्शी र बालबालिकाकै क्षेत्रमा खर्च गरिएको छ कि छैन् ? वडामा किन बाल मैत्री पार्कहरुको निर्माण नगरिएको, सामुदायिक विद्यालयमा अतिरिक्त कक्षाको शिक्षक किन नभएको ? चुनाब जितेको २ वर्षसम्म बालबालिकाहरुका लागी के के कामहरु गर्नुभयो ? राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा किन साना कक्षाका बालबालिकालाई सहभागी गराईदैन ? नगरमा भएका बालक्लबहरुलाई कति रकम छुट्याएको छ जस्ता दर्जनौ प्रश्न नगरप्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिलाई सोधेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले शिक्षाको क्षेत्रमा पर्याप्त बजेट छट्टएको, करिब ३२ करोड रकम शिक्षा क्षेत्र खर्च हुने गरेको, लगानी गरे अनुसारको सामुदायिक विद्यालयबाट उपलब्धी हुन नसकेको, केही सामुदायिक बिद्यालय मर्ज गर्नुपर्ने अवस्था आएको, प्रत्येक वडामा बालमैत्री पार्क निमार्ण शुरु गरिएको, सामुदायिक तथा निजी विद्यालयको सहभागितामा विषयगत शैक्षिक प्रर्दशनी गर्दै आएको, केही समयमै नगरलाई बालमैत्री नगर घोषणा गर्न लागिएको बताए । कार्यक्रमका सभापति तथा उप प्रमुख विमला सापकोटाले बालबालिकाहरुको क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको बताईन् । 

बालबालिकाहरुको समस्या सुन्न नै उक्त कार्यक्रमको आयोजना गरिएको बताईन् । बालबालिकाहरुका लागि पोषण खाध्य कार्यक्रम, निःशुल्क खोप, आँखा परिक्षण, स्वास्थ्य, अपाङ्गता जस्ता क्षेत्रमा काम गर्दै आएको सापकोटाले बताईन् ।

कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुवंर, नगर बाल सञ्जाल अध्यक्ष प्रितम लामिछाने लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न विद्यालयका शिक्षकहरु, सञ्चारकर्मी, विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन महिला तथा जेष्ठ नागरिक शाखाकी महिला विकास निरिक्षक सपना ओलीले गरेकी थिईन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार