काभ्रे । नेपाल रेडक्रस साेसाइटी काभ्रे शाखाको ४६ औं जिल्ला सभा सम्पन्न भएको छ। आज (शनिवार ) बनेपाको रेडक्रस तालिम केन्द्रकाे सभाहलमा एक समारोह बीच जिल्ला सभा सम्पन्न भएको हो ।
उक्त सभाकाे समुदघाटन प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले गर्नु भएको थियो । सभालाई सम्बाेधन गर्दै प्रजिअ अधिकारीले विपद् र नि:शुल्क सेवाकाे अर्को नाम रेडक्रस रहेको बताउदै जिल्लामा महिला, बालबालिका, सुरक्षा, विपद, गरिबी विपन्नकाे क्षेत्रमा जिल्लाका प्रमुख निकायकाे प्राथमिकतामा पर्ने मध्येकाे जिल्ला रेडक्रस साेसाइटी पनि एक रहेको बताउनु भयो ।
समाजमा आबाश्यकताकाे आधारमा अरुले जे जस्तो काम गरिरहेका छन्, रेडक्रसले त्याे भन्दा फरक मानवता, निष्पक्षता, तटष्ठता र स्वयमसेवालाई अंगिकार गर्दै काभ्रे शाखाले पनि गरिरहेकाेमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ," रेडक्रसका पिता जाँ हेनरी ड्युनालाई सम्झदै गर्दा संकटकालिन अवस्था र विपद्काे बेला रेडक्रस पहिलो प्राथमिकतामा पर्ने गरेको छ । रेडक्रस राज्यको सामाजिक सेवामुखी संस्था हो, तसर्थ काभ्रे शाखाले अबका दिनमा स्थानिय निकायसँग मिलेर तलसम्म जनतालाई एकताबद्ध गराउन भूमिका खेल्ने विश्वास रहेको पौडेलको भनाइ थियो ।
औपचारीक वा अनौपचारीक रुपमा मानवियता हराउन थालेकाे महशुस भएको बताउदै पौडेलले थप्नुभयो,-जहिले पनि यहाँ केही भएन र हुँदैन भन्ने भ्रम सिर्जना हुन थालेको छ तर रेडक्रस जस्ता सामाजिक संस्थाले केही राम्रो र सकारात्मक सन्देश दिएका छन् । यी र यस्ता कुरा घर, समाज, टाेलबाट स-साना भाइ बहिनीलाई सिकाउनु पर्ने समय आएको उहाँको भनाइ रहेको छ।
रेडक्रस साेसाइटी जिल्ला शाखाका सभापति रघुनाथ हुमागाईकाे सभापतित्वमा सम्पन्न पहिलो सत्रमा जिल्ला स्वास्थ कार्यालयका प्रमुख डाक्टर पुरषाेत्तम सेढाईले जिल्लामा विद्यमान स्वास्थ अबस्थाकाे बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा रेडक्रस काभ्रे शाखाका पुर्व सभापतिहरु साेमप्रसाद हुमागाई, श्यामसुन्दर श्रेष्ठ, रघुवर चौ प्रधान , पुर्व संयाेजक नारायण ढुङ्गाना, प्रदेश सदस्य पुस्पा खडका लगायतले कार्यक्रम सफलताको साथै संस्थाले गर्ने कार्य सधै सामाजिक र सेवामुखि रहाेस् भनी शुभकामना दिनु भएको थियो ।
साेही कार्यक्रममा महामन्त्री हेमलाल तामाङले जिल्ला कार्य समितिका तर्फबाट वार्षिक प्रतिबेदन र आगामी वर्षको प्रस्तावित कार्यक्रम र काेषाध्यक्ष प्रेमकुमार तामाङले आ. व .२०७८/ ०७९ काे लेखा परिक्षण र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।