मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

अबको जिसस स्थानीय तहको सहजकर्ता र वाच डगकाे रुपमा काम गर्नेछ- प्रमुख गाैतम

Thearaniko Times 1369+ समाचार ( )
९ असार २०७९, बिहीबार

धुलिखेल/वाम लाेकतान्त्रिक गठबन्धनबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित हुनुभएपछि दिपक गौतमले पहिलोपटक सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गर्नुभएको छ।

 समन्वय समितिका प्रमुख गौतमले सञ्चारकर्मीहरुकाे सुझाव ग्रहण गर्दै आफु साझा ब्यक्तिको रुपमा उभिने प्रतिबद्धता जनाउनुभएको छ । बिहिबार  जिससको सभा हलमा जिल्लाका सञ्चारकर्मीहरुसंगको अन्तर्क्रियामा प्रमुख गौतमले पार्टीको रुपमा कसैलाई पनि भेदभाव नगर्ने बताउनुभयो । ‘म सबैलाई समन्वय गर्ने स्थानमा छु । मैले पार्टीगत ब्यवहार गर्ने छैन् । सबैको साझा ब्यक्ति भएर काम गर्नेछु । प्रमुख गौतमकाे भनाइ थियाे ।’

प्रमुख गौतमले जिल्लाका स्थानीय तहहरुले गरिरहेका असल अभ्यासलाई आम जनता सामु ल्याउन र खराब कामप्रति खबरदारी गर्न पत्रकारलाई आग्रह गर्नुभयो । ‘भैरहेका राम्रा कुराको प्रचारप्रसार गरिदिनु होला । खराब हुँदैछ भने पनि खबरदारी गर्नु होस् । सकेसम्मको राम्रो काम गर्नेछु । राम्रो गर्न सकिएन भने पनि नराम्रो काम गर्दिन, प्रमुख गौतमले भन्नुभयो ।’

प्रमुख गाैतमले अगाडि भन्नुभयो -अबको जिसस स्थानीय तहको सहजकर्ता, वाच डग, नीति समन्वय र अध्ययन केन्द्र बन्नुपर्छ । साथै, यो त प्रदेश सरकारको सहयात्री, संघीय सरकारको नीति प्रवाह केन्द्र, जिल्लास्तरका सामाजिक संगठन र नागरिक समाजको बहसको वैधानिक थलो बनाउने दिशामा जानु आवश्यक छ ।

अन्तर्क्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व सभापति इश्वरी अाेझा, भाेला थापा, महेश पाैडेल, नारायण सापकोटा लगायतका सञ्चारकर्मीले अाफ्नाे सुझाव राख्दै समन्वय समितिका यसअघिकाे नेतृत्वले राम्रोसँग काम गर्न नसकेको र सञ्चारकर्मीलाइ सुचना नदिएकाे गुनासाे गर्दै अागामी दिनमा यस्ताे गल्ती नदाेहाेर्याउन अाग्रह गरेका थिए।

कार्यक्रममा उपप्रमुख रिमबहादुर तामाङले स्वागत र जिल्ला समन्वय अधिकारी भिमप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियाे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार