मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

लैंगिक हिंसा बिरुद्धको अभियानमा रोशीमा वक्तृत्वकला प्रतियोगिता

Thearaniko Times 1398+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

रोशी । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रोशी गाउँपालिकाको आयोजना तथा माईती नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ अन्तर माध्यामिक स्तरीय वक्तिृत्वकला प्रतियोगता सम्पन्न भएको छ । आईतबार गाउँपालिका भरीको मध्यामिक विद्यालयहरूको सहभागितामा वक्तृत्वकला प्रतियोगिता भएको थियो । गाउँपालिका भरी १८ वटा माध्यामिक विद्यालय रहेकोमा १३ वटा विद्यालय सहभागी भएको थियो ।

सो प्रतियोगितामा विन्दावासिनी माध्यामिक विद्यालयकी वविता विक प्रथम भएकी छिन् । प्रतियोगितामा १५० पूणर्ाङ्क रहेकोमा विकले १०१ दशमलव ५ नम्बर ल्याएर प्रथम भएकी हुन् । त्यसरी नै चेतना माध्यामिक विद्यालयकी छात्रा डोल्मा लामा द्वितीय र हरिशिद्धि माध्यामिक विद्यालयकी छात्रा मनिता तामाङ तेस्रो भएकी छिन् । लामाले ९४ दशमलव ५ र तामाङले ९१ दशमलव ५ अंक प्राप्त गरेकी थिईन् । प्रथम, द्वितीय र तृतीयले क्रमश ५ हजार, १० हजार र १५ हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् ।

वक्तृत्वकला प्रतियागिताको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले समाजमा कुनै पनि सन्देश पुर्याउनु छ भने विद्यालयका छात्र/छात्राहरू मार्फत गएमा छिटो र सकारात्मक सन्देश पुग्ने बताए । ‘समाजमा कुनै पनि सूचना फैलाउनु छ भने विद्यालयका छात्र/छात्राहरू मार्फत गयो भने छिटै र सकारात्मक सन्देश फैलनेछ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘लैंगिक हिंसा बिरुद्धको अभियानमा समाज रुपान्तरणका लागि हामीले विद्यालयका छात्र/छात्राहरू मार्फत जाने अभ्यास गरेका हौँ । त्यसैले यो प्रतियोगिताले सकारात्मक सन्देश जान्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ विद्यार्थीहरूलाई पाठ्यक्रम भन्दा बाहिरको शिक्षा तथा ज्ञान पनि अपरिहार्य भएकाले पनि यो प्रतियोगिताको आयोजना गरेको लामाले बताए । हिजोको अवस्थाबाट आजसम्म आईपुग्दा समाजमा विस्तारै समाजमा चेतनाको बिकाश हुदै गएको उनको भनाई छ । त्यसकै फलस्वरुप प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय छात्राहरू भएको अध्यक्ष लामाले बताए ।

वत्तृत्वकला प्रतियोगितामा सहभागी छात्र छात्राहरूको वत्तृत्व कला देख्दा नेपाल सरकारले रोजेको नारालाई साकार पारेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताए । देश बिकासका लागि समाजमा नकारात्मक सन्देशहरूलाई निरत्साहित गर्दै सकारात्मक सन्देशलाई फैलाउदै जानुपर्ने उनले बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष गुणराज मुक्तानले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा रोशी गाउँपालिकाले वत्तृत्वकला प्रतियोगिता राखेर राम्रो सन्देश दिएको बताए । सामुदायिक विद्यालयको गुणस्तर बृद्धिको लागि स्थानीय सरकारले विद्यालयमा यस्ता कार्यक्रमको आयोजना आगामी दिनमा पनि गर्दै जानुपर्ने उनको भनाई छ ।

रोशी माध्यामिक विद्यालयको प्रांगणमा भएको सो कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिन लगायत विभन्न विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको सहभागीता रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार