बनेपा । रोटरी क्लव अफ बनेपाको २३औँ पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
रोटरी वर्ष २०२४/२५ का अध्यक्ष श्यामकुमार तिमल्सिनाको टिमको शुक्रबार आयोजित समारोहमा पदस्थापन भएको हो ।
अध्यक्ष तिमल्सिनालाई कार्यक्रमका प्रमुख अतिथी पास्ट डिष्ट्रिक गभर्नर केशव कुँवरले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । रोटरी क्लब अफ काभ्रे-बनेपाको (२०२४/२५) का अन्य पदाधिकारीलाई अध्यक्ष तिमल्सिनाले शपथ गराउनुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै रोटरी क्लबका पास्ट डिष्ट्रिक्ट गर्भनर केशव कुँवरले रोटरी क्लबको सामाजिक सेवाको अभियानलाई सफल पार्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी पास्ट डिष्ट्रिक गभर्नर कुँवरले २०२४/२५ का पदाधिकारीलाई बधाई दिँदै स्वार्थ भन्दा माथि सेवा भन्ने मूल मन्त्रलाई सार्थक बनाउन दिगो परियोजना सुरु गरी क्लबलाई नयाँ भनेर लक्षित बर्गमा जाने छुट नभएको उल्लेख गरे । रोटरी इन्टरनेशनलको गोललाई पुरा गर्न सबै क्लब र सदस्यहरुले ध्यान दिनुपर्ने बताउँदै प्रमुख अतिथि कुँवरले यस क्षेत्रका क्लबहरुमध्ये राम्रो काम गरेर देखाउन सुझाव दिए ।
उहाँले रोटरीलाई राम्रोसंग बुझेर समाजसेवा लाग्नु पर्नेमा जोड दिनुभयो । रोटरीको कामका बारे बुझाउन सक्दा सदस्य संख्यासमेत बढ्ने उहाँको विश्वास थियो । उहाँले रोटरी क्लबको एउटै उद्देश्य निःस्वार्थ भावनाका साथ सहयोग गर्नु रहेको बताउनुभयो ।
उहाँले पद र प्रशंसाको लोभी नबन्न अनुरोध गर्नुभयो । आफ्नो पक्षमा पार्न गरिने कुनै पनि प्रकारको प्रलोभनमा पार्न नहुने उहाँको भनाई थियो । कार्यक्रमहरू तामझामयुक्त नगर्नसमेत उहाँले रोटरियनहरूलाई सुझाव दिनुभयो । रोटरी क्लबमा राजनीतिक प्रभाव पर्न दिन नहुनेमा उहाँको जोड थियो ।
क्लबका आइपिपि केशव बडालले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।
रोटरी क्लब अफ काभ्रे–बनेपाको २०२४/०२५ को टिममा प्रेसिडेन्ट श्याम कुमार तिमल्सिना, आइपीपी केशवप्रसाद बडाल, प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य, प्रेसिडेन्ट नोमिनेट देवराज भण्डारी, भाइस प्रेसिडेन्स सुनिल लुटेल, सेक्रेटरी ऋषिराम दाहाल, ट्रेजर सरिना शाक्य, जोइन्ट सेक्रेटरी डा.सुमन कर्मचार्य, जोइन्ट ट्रेजर महेश कायस्थ, डाइरेक्टर चेयर क्लब एडमिनिस्ट्रेसन कुशल श्रेष्ठ, को-चेयर वीरबहादुर लामा, डाइरेक्टर चेयर मेम्बरसिप विवस तिमल्सिना,को-चेयर भुवन काजी मानन्धर, डाइरेक्टर पब्लिक रिलेसन ऋषिराम दाहाल, को-चेयर नरेश शंकर प्रधानाङ्ग, डाइरेक्टर चेयर सर्भिस प्रोजेक्ट सूर्य प्रभा शाक्य, को-चेयर कमला आले, डाइरेक्टर चेयर टिआरएफ हिरा शर्मा नेपाल, को-चेयर सुन्दर थापा मगर, Sgt-At-Arms: पद्मा शाक्य, Editor: सलिश्मा कायष्थ, IT/Web Officer: रुकेश राज भण्डारी, Mentor: दमन कुमार श्रेष्ठ, Strategic Planning: राजु सरकार, Trainer: मिलन गुरुङ, Advisors: रबिन काजी पलाञ्चोके, मानकाजी प्रधान, ईश्वरी प्रसाद शर्मा, रघुनाथ घिमिरे, ग्रुवेन तौजले, राम प्यारी बस्नेत बज्राचार्य, रुक्मिणी सिग्देल रहनुभएको छ।
कार्यक्रम रोटरी क्लब अफ बनेपाका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षता, आगामी अध्यक्ष सरिता शाक्यको स्वागत र सचिव देवराज भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन रोट्याक दृष्टि योञ्जन लामा र सुस्मिता चौलागाईले गर्नु भएको थियो ।