मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
समानुपातिक प्रणालीको दुरुपयोगले यसको औचित्यमाथि प्रश्न उठेको छ : तोसिमा कार्की

Thearaniko Times 1398+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले समानुपातिक निर्वाचन प्रणालीको मूल उद्देश्य व्यवहारमा कमजोर बन्दै गएको बताएकी छन् । उनले समानुपातिक प्रणाली भौगोलिक रूपमा विकट क्षेत्र, पहुँच र शक्ति नपुगेका तर सक्षम व्यक्तिलाई प्रतिनिधित्व गराउने सोचबाट ल्याइएको भए पनि अहिले त्यसको मर्मअनुसार प्रयोग नभइरहेको आरोप लगाएकी हुन् ।

कार्कीका अनुसार समानुपातिक सूचीले कर्णाली, सुदूरपश्चिम र ग्रामीण भेगको आवाज बोल्नुपर्नेमा पार्टी नेतृत्वका आफन्त तथा पार्टीका ‘भाइटल पोजिसन’मा रहेका व्यक्तिहरू नै त्यसमा अग्रपङ्तिमा देखिनु चिन्ताजनक छ । यसले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।

पार्टीका सचिवालय सदस्य तथा पदाधिकारीहरू सधैं लाभको स्थानमा रहने अवस्था रहेको उल्लेख गर्दै उनले प्राथमिक मतदान (प्राइमरी) वा मूल्यांकन प्रक्रियामा समेत उनीहरूलाई सहज हुने प्रवृत्ति देखिएको बताइन् । पार्टीभित्र पदमा पनि रहने र निर्वाचनमा पनि समानुपातिक सूचीमार्फत सुरक्षित हुने अभ्यास पुराना दलभन्दा फरक नदेखिएको उनको टिप्पणी छ ।

“पार्टीको भाइटल पोजिसनमा बसेकाहरूले प्रत्यक्ष निर्वाचन लड्ने हिम्मत देखाउनुपर्छ,” कार्कीको भनाइ छ, “पार्टी यति ठूलो भइसकेको अवस्थामा पनि पदाधिकारीहरू चुनाव लड्न डराउनु गलत सन्देश हो।”

उनले उदाहरणीय नेतृत्व स्थापित गर्न सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट नाम हटाई प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखिन् । साथै समानुपातिक सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार