मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

साहित्य कला
उपाध्यायको उपन्यास ऐंजेरुको लोकार्पण

Thearaniko Times 1398+ समाचार ( )
५ जेठ २०८२, आइतबार

काठमाडौं। उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो औपन्यासिक कृति ऐंजेरुको लोकार्पण भएको छ ।शनिबार साहित्य सदनमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, निर्मोही ब्यास, चन्द्रप्रसाद भट्टराई, माधव प्रसाद गौतम र उपाध्याय लगायतले उक्त उपन्यासको लोकार्पण गरे । नेपाल स्रष्टा समाजको आयोजनामा उक्त कृति लोकार्पण कार्यक्रम भएको हो ।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले समाजको यथार्थलाई उपन्यासले समेटेको बताउँदै ऐंजेरु जस्ता पात्रहरु समाजमा यत्रतत्र पाइने बताए । उपन्यासले पश्चिम नेपालको भूगोलको परिवेश चित्रण गरेको बताए । 

पुस्तकमाथि समीक्षा गर्दै अग्रज साहित्यकार चन्द्रप्रसाद भट्टराईले भने-'पात्रहरुले सजीव ढंगले संवाद गरेका छन्। कथाबस्तु शान्त र सलल बगेको छ। उनले भने उपन्यासका पात्रहरु जीवन्त छन् । पश्चिम नेपालको कथा समेटिएको पात्रहरुको चरित्र चित्रणमा मिहिनता देखिएको पठनीय कृति हो ऐंजेरु।'

वरिष्ठ नियात्राकार निर्मोही ब्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको बताए । उनले भने-'सुकदेवले यो विषयमा नलेखेको भए म लेख्थें।' आफू उपन्यास पढेर भावुक भएको पनि उनले बताए ।

सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने-'हिजो आज पश्चिमा शैलीमा जन्मदिन मनाउने परिवेश छ ।तर एउटा सर्जकले आफ्नो जन्मदिन सिर्जनात्मक कुरा गरेर कृति सार्वजनिक गरेर मनाउनु उदाहरणीय कार्य हो।'

 'केक काटेर जन्मदिन मनाउनु र कृति सार्वजनिक गरेर जन्मदिन मनाउनुमा आकास पातालको फरक छ । ७१ औं जन्मोत्सवमा कृति निकाल्नु स्रष्टाको निम्ति, परिवारको निम्ति मात्र नभएर समाजको लागि उदाहरणीय कार्य हो।' उनले उपाध्यायलाई थोरै समयमा साहित्यमा परिचित भएकोमा बधाई दिए । डा.शान्तिमाया गिरीले लेखकको व्यक्तित्व माथि प्रकाश पारिन् ।

कार्यक्रममा उपन्यासकारका गुरु माधव प्रसाद गौतम, उपन्यासकार शुकदेव उपाध्याय लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रम स्रष्टा समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार