मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

स्थानीय सरकार
लगातार तेस्रो वर्ष पनि ‘शून्य बेरुजु’ कायम गर्दै महाभारत गाउँपालिका देशकै उदाहरणीय स्थानीय तह

Thearaniko Times 1402+ समाचार ( )
१५ असार २०८३, सोमबार

बनेपा — काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले आर्थिक अनुशासन, वित्तीय पारदर्शिता र सुशासनमा उल्लेखनीय उपलब्धि हासिल गर्दै लगातार तेस्रो पटक ‘शून्य बेरुजु’ कायम गरेको छ।
महालेखापरीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा पनि बेरुजु शून्य कायम गर्न सफल भएको भन्दै गाउँपालिकालाई प्रशंसापत्रसहित सम्मान गरिएको हो।

महालेखापरीक्षकको कार्यालयका अनुसार गाउँपालिकाले आर्थिक अनुशासन, वित्तीय उत्तरदायित्व तथा पारदर्शिता प्रवर्द्धनमा प्रभावकारी कार्यसम्पादन गरेकाले उक्त सम्मान प्रदान गरिएको हो।
यस उपलब्धिसँगै महाभारत गाउँपालिका आर्थिक वर्ष २०८१/८२ सम्म लगातार तीन आर्थिक वर्ष शून्य बेरुजु कायम गर्ने देशकै पहिलो र एकमात्र स्थानीय तह बनेको छ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले यो उपलब्धिलाई सम्पूर्ण महाभारतवासीको साझा सफलताका रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नागरिकको विश्वास, सहयोग, सुझाव तथा रचनात्मक आलोचनाले गाउँपालिकालाई सुशासनको मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए। साथै जनप्रतिनिधि, कर्मचारी तथा सबै सरोकारवालाको समर्पण र सहकार्यप्रति उनले आभार व्यक्त गरेका छन्।
दुर्गम भौगोलिक अवस्था र सीमित स्रोत–साधनका बीच पनि वित्तीय सुशासन र जवाफदेहितामा महाभारत गाउँपालिकाले हासिल गरेको सफलता अन्य स्थानीय तहका लागि समेत प्रेरणादायी उदाहरण बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार