मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |

भक्तपुरको सल्लाघारीस्थित् राजर्षि गुरुकुलमा समर स्प्लास
भक्तपुरको सल्लाघारीस्थित् राजर्षि गुरुकुलमा समर स्प्लास

Thearaniko Times 1371+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

भक्तपुर/भक्तपुर सल्लाघारीमा अवस्थित् राजर्षि गुरुकुलले सोमबार वार्षिक कार्यक्रम समर स्प्लास सम्पन्न गरेको छ । विद्यालयले विगत बाह्र वर्षदेखि निरन्तर रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूलाई शिक्षा सँगसँगै सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन र उनीहरूमा निहित प्रतिभा उजागर गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिदै आएको बिद्यालयले जानकारी दिएको छ। 

पाठ्यपुस्तकका अतिरिक्त विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा र क्षमतालाई प्रष्फुटन गराउनका लागि आयोजित सो कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू प्रदर्शन गरेका थिए। यस कार्यक्रममा विभिन्न महादेशका अलग अलग देशहरू समेट्दै आर.जी समरस्प्लास सम्पन्न गरिएको हो। विशेषत: चीन, भारत, पोर्चुगल, मोरिसियस, तान्जानिया, इक्वेडर, लक्जम्बर्ग, बुल्गेरिया र नेपाल जस्ता देशहरूका स्टलहरू राखी ती देशका कला, संस्कृति र परम्परा झल्कने खालका खेल खेलाई विद्यार्थीहरूले उपस्थित अभिभावक तथा आगन्तुकहरूलाई जानकारी दिएका थिए। 

त्यसैगरी विद्यार्थीहरूले हन्टेड हाउस खेल खेलाएर मनोरञ्जन दिलाए। प्लानेटेरियममा विभिन्न प्रक्रिया जस्तै स्पेस र डाइनोसरको जीवन, समुद्री जीव, Zombie apocalypse आदिको 4D भिडियो देखाई उपस्थित अविभावकहरूलाई मनोरञ्जन दिएका थिए।त्यस्तै AR र VR यन्त्रको प्रयोग गरी पृथ्वीदेखि चन्द्रमा सम्मको यात्रा र अन्य भर्चुअल रियालिटीको प्रदर्शनी समेत गरिएको थियो। ‘’म्याथ अराउन्ड मि’(Math around me) कार्यक्रममा राजर्षि गुरुकुलका चार जना छात्रा विजेता बनेका छन् । यस कार्यक्रमको आयोजना भारतस्थित नेहरु वोर्ल्ड स्कुलले गरेको हो। विजेता विद्यार्थीहरूलाई Hon.concul of mauritius गणेश कार्कीले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो।  अभिभावक तथा आगन्तुकहरू विद्यार्थीहरूले देखाएका प्रतिभाहरू अवलोकन गरी दङ्ग भएका थिए । कार्यक्रममा विद्यार्थीहरूद्वारा परिकल्पना गरी लेखिएका लेख रचनाहरू समाविष्ट गरी ‘यदि’ पुस्तकको विमोचन नेपालस्थित इक्वेडरका Hon.consul शशीकान्त अग्रवालबाट गरिएको थियो । प्रस्तुत पुस्तक विद्यालयभित्र सिमित नरही विद्यालय बाहिर विभिन्न पुस्तक पसलभित्र उपलब्ध गराइएको छ।विद्यालयका विद्यार्थीहरू आफूले रचना गरेको पुस्तक पढ्न पाउँदा अझ बढी प्रोत्साहित भएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा इक्वेडर, लक्जम्बर्ग, बुल्गेरिया, मोरिसियस विभिन्न मानार्थ वाणिज्य दूतहरूको समुपस्थिति रहेको थियो। 

साथै कार्यक्रममा अभिभावक तथा नवआगन्तुकहरूको उल्लेख्य सहभागिता थियो ।  विद्यालयमा पठन पाठनका साथै व्यावहारिक शिक्षा  सिकाइमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण भएको कुरा विद्यालयका चेयरम्यान राजेश चौधरीले बताउनु भयो । त्यसैगरी विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापले पनि ठूलो भूमिका खेल्ने कुरामा  विद्यालयका निर्देशक दिनेश भुसालले जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले  एकेडेमिक पक्ष, अनुशासन, इसिए, सिसिए जस्ता क्रियाकलापका साथै विद्यार्थीहरूमा निहित सिप र क्षमताको उजागरका लागि सो कार्यक्रम गरिएको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार