मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

विचार
Gen Z : परिवर्तनको अग्रसर शक्ति

Thearaniko Times 1398+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

गुन्जमान लामा(जिएम)

देश आज गम्भीर राजनीतिक सङ्कटको बीचमा छ। यो सङ्कट अचानक जन्मिएको होइन, यसको मूल कारण हिजोको नेतृत्व र पुराना राजनीतिक दलका विकृत प्रवृत्तिहरू नै हुन्। उनीहरूले राजनीतिलाई जनताको सेवा वा राष्ट्रनिर्माणको साधन होइन, व्यक्तिगत लाभ र पद–प्रतिष्ठा कमाउने साधनमा रूपान्तरण गरे।

हामीले विगतमा देख्यौँ—नातावाद र कृपावादका आधारमा आफन्त र नजिकका व्यक्तिहरूलाई पद बाँडफाँड गरिएको छ। कोही राजदूत, कोही मन्त्री, कोही बिना प्रतिस्पर्धा राष्ट्रियसभामा—सबै नेताको कृपाले। जातीयता, दलित अधिकार वा अपाङ्गताको नाममा समेत आफ्नै श्रीमती, देउरानी, साली, भतिजा वा ज्वाइँलाई सचिव वा सल्लाहकार बनाएर राज्यको सम्पत्ति र सुविधाको दुरुपयोग गरियो।

न्यायका मन्दिर सर्वोच्च अदालतदेखि लिएर राष्ट्र बैंक र अख्तियारजस्ता संवैधानिक निकायसम्म आफ्ना मान्छे घुसाइयो। संस्थागत भ्रष्टाचारलाई ढाल दिने काम गरियो। जब नेतृत्व नै दूषित हुन्छ, त्यस्ता नेताहरू र कर्मचारीमाथि कारबाही हुने सम्भावना कहाँ रहन्छ र?

उत्पादन र रोजगारीमा लाग्नुपर्ने युवालाई पार्टीको झण्डा बोक्न बाध्य पारियो। ‘झोले संस्कृति’ ले युवालाई आत्मनिर्भर बन्नबाट रोक्यो, बरु नेताको आडमा आपराधिक गतिविधिमा संलग्न गरायो।

फलस्वरूप देश कंगाल र अशान्त बन्दै गयो। यही अन्याय, विफलता र बेथितिको प्रत्यक्ष प्रतिफलका रूपमा आजको Gen Z पुस्ता जन्मिएको हो। तर, यो पुस्ता मौन बस्ने छैन। हिंसा होइन, विचार, रचनात्मक पहल र संगठनात्मक रणनीतिबाट नयाँ बाटो खोल्ने शक्ति यसमा छ।

अब समय आएको छ—पुराना प्रवृत्ति र भ्रष्ट संस्कारलाई अन्त्य गर्ने। नयाँ पुस्ताले पारदर्शिता, जवाफदेहिता र समान अवसरमा आधारित समाज निर्माण गर्नुपर्छ। यही बाटोबाट मात्र देश समृद्धि र स्थायी विकासतर्फ अघि बढ्न सक्छ।

म दृढ विश्वास राख्छु—Gen Z आजको मात्र होइन, भोलिको पनि निर्णायक शक्ति हो। परिवर्तनको अग्रसर शक्ति यही पुस्ता बन्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार