मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

रोशीमा दुई दिने योग प्रशिक्षण शिविर सम्पन्न

Thearaniko Times 1398+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका-७ स्थित् रोशी माध्यमिक विद्यालयमा दुई दिने योग प्रशिक्षण सम्पन्न भएको छ । विद्यार्थीहरुका लागि मंगलटार आयुर्वेद औषधालयको आयोजनामा दुई दिने योग प्रशिक्षण सम्पन्न भएको हो ।

नागरिक आरोग्य अभियान अन्तर्गत `मेरो स्वास्थ्य मेरो जिम्मेवारी, योग गरौ निरोगी बनौ´ भन्ने नाराका साथ  शुरु भएको योग प्रशिक्षण कार्यक्रममा रोशी माध्यामिक विद्यालयका ९,१० र ११ का४१ जना विद्यार्थीहरुलाई योग प्रशिक्षण दिएको आयोजकले जनाएका छन् । 

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चिकित्सा विज्ञानले नसकेको नशाजन्य रोग योगले निको पार्ने बताएका छन् । पछिल्लो समयमा योगले सबैतिरको मन जित्न सफल भएको र अन्तरास्ट्रिय योग दिवस मनाउन सफल भएको लामाले बताए । योगाले मेन्टल्ली र फिजिकल्ली स्वस्थ राख्न मद्धत गर्ने उनको भनाइ छ । 

रोशी माविका प्रधानाध्यापक बिन्दुप्रसाद ढुंगानाले रोग लाग्नु भन्दा रोग लाग्न नदिनको लागि योगले सहयोग गर्ने बताएका छन् । योगका लागि रोशी माबिलाई छनौट गरेकोमा धन्यवाद व्यक्त गर्दै सिकाइलाई सहि तरिकाले सदुपयोग गर्न ढुंगानाले अनुरोध गरे । भित्री शरीर सफा भएन भने बाहिरी शरीर मेकअप गरेर राम्रो भएर मात्र नहुने उनको भनाइ छ । योगले मानिसलाइ फूर्तिलो बनाउने र दीर्घजीवन बिताउन सक्ने खालको महसुस भएको विद्यार्थी तुलसी केसीले बताइन् ।

गाउँपालिकाका आयुर्बेद शाखा प्रमुख सबिता गौतमले तीन दिने कार्यक्रम दुई दिनमा सक्नु पर्ने भएकाले दिनमा तीन सिफ्ट गरेर सम्पन्न गरेको बताइन् । योग प्रशिक्षक पुन्जलाल श्रेष्ठ र मानसरोबर श्रेष्ठ दुई जनाले प्रशिक्षण दिएको उनले बताइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार