मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चूनौती
समाजवादी मोर्चाको कार्यक्रमप्रति खनालको असन्तुष्टि

Thearaniko Times 1369+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

‎काठमाडौँ–नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् ।

‎निर्मल लामा स्मृति प्रतिष्ठानले विहीबार काठमाडौंमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चूनौती विषयक विचार गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता  खनालले कोठा-कोठामा कार्यक्रम गरेर समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसक्ने भन्दै समाजवादी कार्यक्रम गर्नुपर्ने जिकिर गरे ।

‎समाजवादी मोर्चाको क्रियाकलाप आफूलाई चित्त नबुझेको बताउँदै बाम मोर्चा बनाए अझै धेरै दल समावेश हुनसक्ने खनालको भनाई थियो।

‎समाजवादी यात्रालाई अघि बढाउन सडकमार्फत जनतालाई एकीकृत गर्नुपर्ने उल्लेख गर्दैै खनालले संसदीय संघर्षमात्रै भए संसदवादमा टुुंगिने भन्दै उनले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन गर्नुपर्ने  बताए ।

‎उहाँले कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प नभएकोमा जोड दिए। उनले कम्युनिष्ट पार्टीहरूले आगामी दिनमा आफ्ना कमीकमजोरी सच्चाउँदै नयाँ धरातलबाट हिँड्नुपर्ने आवश्यकता औंल्याए।

‎उनले भने,“यदि हामीले वैज्ञानिक समाजवादतर्फको यात्रा हिँडेको हो भने समाजवादी क्रान्तिलाई सम्पन्न गर्न आधारभूत विषय सम्बोधन गर्नुपर्नेछ।”नेपाल पुँजीवादी व्यवस्थामा अगाडि बढिरहेको भए पनि वामपन्थी आन्दोलनको परिणामस्वरुप समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वलगायत विषय संविधानमा समेटिएको उनले उल्लेख गरे।

‎“कम्युनिष्ट पार्टीले पुँजीवादी गणतन्त्रलाई उपयोग गरेर समाजवादी गणतन्त्रमा पुग्ने लक्ष्य राख्नुपर्छ”,नेता खनालले भने, “यथास्थितिको बाटोबाट गन्तव्यमा पुगिँदैन, अब क्रान्तिकारी कार्यक्रम र कार्यदिशा आवश्यक छ।”

‎नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा जनवादी क्रान्ति सम्पन्न भएकाले वामपन्थी शक्तिले वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाएर त्यसको आधार तयार गर्नुपर्ने अहिलेको मुख्य दायित्व भएको बताए।

‎“अब हाम्रो यात्रा समाजवाद, समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्नु हो”, उनले भने, “अहिले पनि नेपाली राजनीति, सामाजिक परिवेश र अर्थतन्त्रमा नोकरशाही पुँजीवादको नियन्त्रण कायम छ, यो मुख्य चुनौती हो। उत्पादन वृद्धि, स्वाधीन अर्थतन्त्र, राष्ट्रिय पुँजीको विकास गरेर नोकरशाही पुँजीवादविरुद्ध लड्न सबै एकजुट हुनुपर्छ।”

‎ माओवादी  केन्द्रका केन्द्रीय सचिव एवम् प्रतिष्ठानका अध्यक्ष लिलामणी पोख्रेलको अध्यक्षता र प्रतिष्ठानका महासचिब दिलसुन्दर श्रेष्ठले सन्चालन गर्नु भएको कार्यक्रममा निर्मल लामा प्रतिष्ठानको उपाध्यक्ष एबम पुर्ब मन्त्री शशि श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु थियो भने नेकपा माओवादीका चित्रबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा माओबादी नेता एबम पुर्व उपप्रधानमन्त्री  अमिक शेरचन, पुर्ब शिक्षामन्त्री दिननाथ शर्मा लगायत  नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार