मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

राजनीति
चौरीदेउराली–५ पोखरीचौरीमा नेकपा वडा कार्यालय स्थापना, निर्वाचन तयारी तीव्र

Thearaniko Times 1402+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

चौरीदेउराली, काभ्रे। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका–५ पोखरीचौरीमा वडा कार्यालय स्थापना गर्दै १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

फागुन १ गते सम्पन्न वडा स्तरीय भेलाले बिदुर गौतमलाई संयोजक र रमेश गौतम यादवलाई सह–संयोजक चयन गरेको हो।

वडा कार्यालय उद्घाटन कार्यक्रम पार्टीकी केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रीय सदस्यहरू बिष्णु गौतम र राजीव लामा, प्रदेश कमिटी सदस्यहरू तेज पन्त, दुर्गा सिंह लामा, हरि खड्का र शिव पन्तसहित जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रमुख अतिथि चौलागाईले जनयुद्धबाट हासिल उपलब्धि र संविधानको रक्षा वर्तमान समयको प्रमुख दायित्व भएको उल्लेख गर्दै नेकपाको विजयले मात्र विद्यमान व्यवस्था सुरक्षित रहने दाबी गर्नुभयो। साथै प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको विजय सुनिश्चित गर्न संगठनलाई एकताबद्ध ढंगले परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले संगठन मजबुत बनाउँदै निर्वाचन तयारीलाई तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम निर्वाचन परिचालन समिति संयोजक बिदुर गौतमको अध्यक्षता र एकनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार