मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


पनौती नगरको १३ औं नगरसभा एमालेबाट निर्वाचित जनप्रतिधिको अवरोधपछि स्थगित

Thearaniko Times 1369+ समाचार ( )
१० असार २०८०, आइतबार
काभ्रे ।पनौती÷पनौती नगरपालिकाको १३ औं नगरसभा स्थगित भएको छ । ने क पा एमालेबाट निर्वाचित जनप्रतिनिधिको विरोधका कारण नगर सभा स्थगित भएको हो ।
नगरपालिकाको सभाहलमा  सुरु भएको नगरसभामा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सभा संचालन भएको जानकारी गराउनुभएको थियो । सभा संचालन भएको जानकारी संगै आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रमुखले वाचन गर्न खोज्दा पनौती नगरका नगरका नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले विरोध गरेका थिए । विरोध जनाएपछि नगर प्रमुख भण्डारीले पटक पटक नगरसभाका सदस्यहरुलाई आ–आफ्नो स्थानमा बस्न अनुरोध अनुरोध गर्दा पनि विरोध कायम  राखेपछि नगर प्रमुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित गर्नुभएको थियो । नगरसभा सुरु भएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनुपर्ने र उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्दा चित्त नबुझेमात्र बिरोध गर्नुपर्नेमा नगर सभाको शुरुमानै बिरोध जनाउनु नगरको हितमा नभएको नगरसभामा उपस्थित नगरसभा सदस्यहरुको भनाई छ ।
नगर स्थगित भएपछि नगर प्रमुख रामशरण भण्डारीले एक विज्ञप्ति प्रकाशन गरी वास्तविकता जनसमक्ष ल्याउन कोशिस गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ–सुशासन सहितको सक्षम सबल र प्रभाबकारी सेवा गर्न सक्ने प्रशासन संयन्त्र भएको पनौती नगरको परिकल्पनालाई साकार रुप दिन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ ले तोकेको प्रशासकीय संगठन र कर्मचारी दरबन्दि सम्बन्धी प्राबधान बमोजिम नगरपालिकाको कार्यबोझ राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन (Organization and Management – O&M) सर्वेक्षण गरि संगठन संरचना कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसरी प्रचलित कानुन बमोजिम नहुँदा महालेखा परिक्षकको कार्यालयले समेत आ.व. २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा बिगत २०७४ सालदेखि नै विविध विषयमा बेरुजु भनी औंल्याएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७६/८/१५ च.नं. २३० को पत्रमा पनि कर्मचारी भर्ना मनोमानी तरिकाले गर्न नहुने सुझाव दिएको थियो ।
यस परिस्थतिमा पनौती नगरलाई २१ औं शताव्दी अनुकुल ज्ञान र सीप भएको कर्मचारी छनोट, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई अझ बढि जिम्मेवार बनाइ TOR प्रदान गरी उच्च मनोबलका साथ कार्य गरि स्थायीत्व र पदोन्नती हुने बाटो खोल्ने उद्देश्यका साथ १३ औं नगर सभामा संगठन संरचना सर्वेक्षण (O&M) नगर प्रमुखको हैसियतले प्रस्ताव गरिएको थियो । बाँकी विज्ञप्तिमा......
https://www.youtube.com/watch?v=yoldugmHBwY&t=4s
यस्तो छ नगर प्रमुखद्वारा जारी प्रेस विज्ञप्ति
२०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत पनौती नगरका आम मतदाताहरुको अपार मायाका कारण मैले नगर प्रमुखको जिम्मेवारी ग्रहण गर्ने सुनौलो अवसर प्राप्त गरें । यसका प्रति पनौती नगरका सम्पूर्ण मतदाता तथा शुभेच्छुहरुमा हार्दिक आभार प्रकट गर्दछु । जनमतलाई नासोको रुपमा स्वीकार गरेको छु । म पनौतीलाई स्वच्छ, सफा, पर्यटकीय गन्तव्य, सुशासित, भ्रष्ट्रचारमुक्त र समृृद्ध नगरका रुपमा विकास गर्न चाहन्छु । बिगत लामो समय देखि नगरमा भएका बेथितिहरुको चिरफार गर्दै यहाँका सम्पदाहरु, जडिबुटि, धार्मिक स्थल, र कृषि क्षेत्रलाई देश विदेशमा चिनाउन चाहन्छु । नगरका युवाहरुलाई सीपयुक्त स्वरोजगार जनशक्तिका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको छु । मैले एक वर्षको अबधिमा कहिले पनि कसैसंग सम्झौता गरिन, नगरबासीहरुको शीरलाई कहिले पनि झुक्न दिइन र दिने छैन । हाम्रा सामु थुप्रै अवसर र चुनौतीहरु रहेका छन् । चुनौतीहरुको सामना र अवसरहरुको सदुयोग गर्दै पनौती नगरलाई समृद्ध नगरका रुपमा रुपान्तरण गर्ने मेरो अठोट रहेको छ । यसका लागि यहाँका सम्पूर्ण राजनीतिक, दल, नागरिक समाज, जन प्रतिनिधि र नगरबासीहरुको साथ र सहयोगको याचना समेत गर्दछु । वर्तमान समयमा पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, क्षेत्रीय रंगशाला निर्माणलाई पूर्णता दिने, काभ्रे एकिकृत खानेपानी आयोजनालाई टोलगत रुपमा कार्यान्वयन गर्दै जाने, स्वच्छ सफा नगर बनाउन फोहोर मैलाहरुको व्यवस्थापन गर्ने र सडकहरुमा हरियाली कायम गर्न बोट विरुवाहरु रोप्ने, भ्रष्ट्राचारमुक्त र सुसाशनयुक्त समाज निर्माण गर्ने कार्य अघि बढिसकेको छ । जसको कार्यान्वयनको लागि पनि उच्च मनोबलयुक्त कर्मचारि प्रशासनको आवश्यकता पर्दछ ।
सुशासन सहितको सक्षम सबल र प्रभाबकारी सेवा गर्न सक्ने प्रशासन संयन्त्र भएको पनौती नगरको परिकल्पनालाई साकार रुप दिन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ ले तोकेको प्रशासकीय संगठन र कर्मचारी दरबन्दि सम्बन्धी प्राबधान बमोजिम नगरपालिकाको कार्यबोझ राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षण (Organization and Management – O&M) गरि संगठन संरचना कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसरी प्रचलित कानुन बमोजिम नहुँदा महालेखा परिक्षकको कार्यालयले समेत आ.व. २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा बिगत २०७४ साल देखि नै विविध विषयमा बेरुजु भनी औंल्याएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७६/८/१५ च.नं. २३० को पत्रमा पनि कर्मचारी भर्ना मनोमानी तरिकाले गर्न नहुने सुझाव दिएको थियो ।
यस परिस्थतिमा पनौती नगरलाई २१ औं शताव्दी अनुकुल ज्ञान र सीप भएको कर्मचारी छनोट, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई अझ बढि जिम्मेवार बनाइ TOR प्रदान गरी उच्च मनोबलका साथ कार्य गरि स्थायीत्व र पदोन्नती हुने बाटो खोल्ने उद्देश्यका साथ १३ औं नगर सभामा संगठन संरचना सर्वेक्षण (O&M) नगर प्रमुखको हैसियतले प्रस्ताव गरिएको थियो । नेपालको संविधान, प्रचलित ऐन कानुन र समय सापेक्ष हुँदा हुँदै पनि सुशासन जस्तो विषयमा नजर अन्दाज गर्नु पक्कै पनि नगरबासी माथिको अपमान हो भन्ने मेरो बुझाइ रहेको छ ।
आदरणीय विवेकशिल नगरबासी दाजु भाई तथा दिदी बहिनीहरु तथा पत्रकार मित्रहरु आम नगरबासीहरुको जनमत बमोजिम प्रभाबकारि र जनउत्तरदायी प्रशासन बनाउने संकल्पबाट किञ्चित बिचलित नभई यहाँहरुले प्रदान गर्नु भएको जिम्मेवारीलाई अझ सशक्त ढंगले अघि बढाउने वचन बद्धता व्यक्त गर्दछु । प्रतिपक्षरहित स्थानीय तहको परिकल्पना नेपालको संविधानले गरेता पनि व्यवहारमा तेस्तो देखिएन । आफ्नो स्वार्थ अनुकूल नहुँदा पटक पटक कार्यपालिकाको बैठक अबरुद्ध गरियो । नगरबासीहरुको हितको लागि दूरगामी महत्व राख्ने पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, काभ्रे एकिकृत खानेपानी योजना, क्षेत्रीय रंगशाला, करिडोर निर्माण, फोहोर मैला व्यवस्थापन एबम् विकास निर्माणलाई उत्पादनसंग जोड्ने हाम्रो अभियानलाई निरन्तर रुपमा छायाँमा पार्न खोजियो । चुस्त प्रशासन र छिटो छरितो सेवा प्रदान गर्नु हामी जनप्रतिनिधीहरुको दायित्व हो । कसैको निहित स्वार्थ पूर्ति गर्ने माध्यम हामी बनिरहनु पर्ने जरुरी देख्दिन । हामी सबैको साथ र सहयोगले मात्र हामी भ्रष्टाचारमुक्त, शुसाशित र समृद्ध पनौती नगर बनाउने महान अभियानलाई सफल पार्न सक्छौं । जनताहरुको मतलाई सम्मान गर्दै अबरुद्ध गरिएको १३ औं नगर सभालाई यथासम्भव चाँडो सुचारु गरि लोकतन्त्र र विधिको शासनमा संकल्प गर्दै हातेमालोका साथ अगाडि बढ्न सम्पूर्ण नगरबासीहरु र सभाका सदस्यहरुलाई आव्हान गर्न चाहन्छु । धन्यवाद । जय नेपाल ।
रामशरण भण्डारी
नगर प्रमुख

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार