मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

सुचना प्रबिधी
पत्रकारितामा एआइको प्रयोगबारे दुई दिने तालिम सम्पन्न

Thearaniko Times 1398+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

भक्तपुर, जेठ २५ – आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको आयोजनामा "पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग" सम्बन्धी दुई दिने तालिम शनिबार सम्पन्न भएको छ। बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजित सो तालिम २०८२ साल जेठ २३ गतेदेखि २४ गतेसम्म भक्तपुरमा सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन समारोहमा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा फोनिजका संघीय महासचिव तथा एआइ विषयका प्रशिक्षक समिर बालामी विशेष अतिथिका रूपमा सहभागी हुनु भयो भने अध्यक्षता फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा तामाङ पत्रकार संघका साइला लामा र नेवा पत्रकार राष्ट्रिय दबुका नृपेन्द्रलाल श्रेष्ठले पनि शुभ कामना मन्तव्य राख्नु भएको थियो।

दुई दिने तालिममा बागमती प्रदेशअन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, रामेछाप र दोलखा जिल्लाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूमा फोनिजका सदस्य पत्रकारहरू लगायत नयाँ प्रविधिमा चासो राख्ने सञ्चारकर्मीहरू सहभागी थिए।

तालिमका प्रशिक्षक समिर बालामीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग कसरी गर्न सकिन्छ, त्यसका सम्भावित फाइदा र चुनौतीहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभयो। उहाँले समाचार लेखन, अनुसन्धान, डाटा विश्लेषण, फ्याक्ट-चेकिङ तथा बहुभाषिक अनुवाद जस्ता क्षेत्रमा एआइले पुर्‍याउन सक्ने योगदानबारे व्याख्या गर्नु भयो। तालिम अन्तर्गत सहभागीहरूलाई व्यावहारिक अभ्याससमेत गराइएको थियो।

कार्यक्रमको समापन सत्रमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भयो। उहाँले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। साथै, उहाँले राज्यका नीति निर्माण तहमा रहेका व्यक्तिहरूले प्रविधि र विविधताबीचको सन्तुलन खोज्दै यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले तालिमले सहभागीहरूलाई डिजिटल युगमा पत्रकारिताको नयाँ ढोका खोलिदिएको विश्वास व्यक्त गर्नुभयो। उहाँले अगामी दिनमा अझ व्यापक रूपमा यस्ता तालिमहरू सञ्चालन गरिने योजना रहेको जानकारी दिनुभयो।

तालिमले आदिवासी जनजातिका पत्रकारहरूबीच प्रविधिको पहुँच बढाउने, उनीहरूलाई प्रतिस्पर्धात्मक रूपमा सशक्त बनाउने र एआइको सकारात्मक प्रयोगमार्फत जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार