मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

७४१ पालिकाको मत परिणाम सार्वजनिकः कांग्रेस पहिलो, एमाले दोस्रो

Thearaniko Times 1398+ समाचार ( )
१० जेठ २०७९, मङ्गलबार

धुलिखेल । स्थानीय तह निर्वाचन सम्पन्न भएको ११ दिन बित्दासमेत अन्तिम मत परिणाम घोषणा हुन सकेको छैन । कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७४१ स्थानीय तहको नतिजा घोषणा भएको र १२ पालिकाको घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ २९१ तथा अध्यक्षतर्फ ४६० स्थानको नतिजा घोषणा भएको हो ।

जसअनुसार नेपाली काँग्रेसले १३४ प्रमुख र १८८ अध्यक्षमा जितेको छ । काँग्रेसले अझैपनि ४ प्रमुख पदमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले स्थानीय तहका ७९ प्रमुख तथा १२३ अध्यक्ष पद जित्दा ३ प्रमुखमा अग्रता कायमै राखेको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २५ प्रमुख र ९६ अध्यक्ष पद जित्दा अझैपनि प्रमुख १ पालिकामा अग्रता कायमै राखेको छ । यस्तै एकीकृत समाजवादीले ११ प्रमुख र ८ अध्यक्ष जित्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २५ पालिका जितेका छन् । यस्तै गाउँपालिकातर्फ जसपाले २१ स्थानीय तह जित्दा एकीकृत समाजवादी, लोसपा, जनमतलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले ३२ पालिकामा जित हासिल गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार