मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पनौतीको बाइक दुर्घटनामा जिपले ठक्कर दिएको पुष्टि

Thearaniko Times 1398+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

बनेपा/असार ३१ गते बिहान ७:३० बजेतिर पुण्यमाता खोलामा मृत अवस्थामा भेटिएका दिपेन्द्र खड्का सवार मोटरसाईकललाई जिपले ठक्कर दिएको पाइएको छ । खड्काले चलाएको प्र ३–०२–००७ प ५४११ नम्बरको मोटरसाइकल सडकबाट करिब ५/६ मिटर मात्रै तल खोलामा भेटिएको थियो।

अनुसन्धानको क्रममा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा. ७ च. ८६२१ न.को जिपले खड्का सवार मोटरसाइकलाई ठक्कर दिएको सीसी क्यामेरा फुटेजमा देखिएको हो । नमोबुद्ध नगरपालिका वडा नम्बर १ घर भएका २४ बर्षीय खड्का पनौती  नगरपालिका वडा नम्बर- ५ स्थित पुण्यमाता खोलामा बनेपाबाट पनौतीतर्फ जादैं गर्दा जिपले ठक्कर दिएपछि खोलामा खसेको बताएकाे छ।

खड्काको मोटरसाइकललाई ठक्कर दिने जिप र  जिप चालक सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ का २६ बर्षीय भेषराज चौलागाईलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ ।

चौलागाईलाई इलाका प्रहरी कार्यालय बनेपामा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । मोटरसाइकल खसेको समयमा उक्त जिप सोही ठाउँमा आइपुगेको र करीब ३० सेकेण्ड रोकिएर श्रीखण्डपुर तर्फ लागेको बताइएको छ । 

खड्का ड्राइभिङ सेन्टर सञ्चालक हुन् । खड्काको मृत्यु शंकाप्द रहेको भन्दै उनका आफन्तहरुले सीसी क्यामेरा हेर्न प्रहरीलाई अनुरोध गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार