मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


आयुर्वेद चिकित्सा : नागरिकमा आशा, सरकारी बेवास्ता

Thearaniko Times 1369+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

धुलिखेल/पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो । 

किनभने अन्य एन्टिबायोटिक औषधीको सेवनबाट उपचार गराउँदा रोग छिटो निको भए पनि पछि साइडइफेक्ट बढी पर्ने र महँगो भएकाले पनि आयुर्वेदिक उपचारमा मानिसको ध्यान गएको देखिन्छ । तुलनात्मक रुपमा आयुर्वेदबाट रोगको निदान अलि ढिला भए पनि स्वास्थ्यका लागि यो उपचार पद्धति निकै उपयोगी हुन्छ । जडीबुटी, योग, पञ्चकर्म र क्षरसूत्रबाट आयुर्वेदको उपचार गरिन्छ ।

प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढेपनि दृष्टिकोण भने फेरिएको छैन । ‘परम्परागत र ढिलो निको हुने’ भन्दै मानिसहरु आयुर्वेदिक उपचारमा कम चासो दिन्छन् । व्यक्ति र राज्यको दृष्टिकोण समेत ‘फरक’ हुँदा यसले गति लिन सकेको छैन ।


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ‘प्रतिअसर नहुने, प्राचिन उपचार पद्धती’ आर्युवेदको बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । आयुर्वेदिक उपचार सेवा विस्तारको लागि स्थानीय तहले पनि भुमिका खेल्नुपर्ने भन्दै प्रजिअ शर्मा सरोकारवाला सबैसमक्ष यसबारे जानकारी पु¥याउनुपर्ने बताइन् । सेवा लिनेको संख्या बढाउनको लागि प्रचार प्रसार गर्नुपर्ने र घुम्ती सेवा दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

‘विगतका बर्षभन्दा यो बर्ष सेवा लिनेको संख्या बढेको छ, तर सेवाका प्रकार बढेका कारण संख्या बढेको हो, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेका प्रमुख डा.वंशवदा कौण्डिन्यायनीले भन्नुभयो, ‘व्यक्ति र राज्य समेतको दृष्टिकोण फरक छ, सोही कारण अझ प्रभावकारी बनाउन सकिएको छैन ।


उनका अनुसार, आर्थिक बर्ष २०७९÷८० मा ३१ हजार ७ सय ४२ जनाले बहिरंग सेवा लिएका छन् । ५ सय ३१ जनाले स्नेहन, स्वेदन अन्तर्गत ५ सय ६४ जनाले एकांग, ४६ जनाले सर्वागं, ९ जनाले नस्य, ५ जनाले शिरोधारा, २७ जनाले स्थानिक भास्ती, ३ हजार ४ सय ८७ जनाले थेरापेटिक योगा, १ हजार ९ सय ५६ जनाले प्रवद्र्धनात्मक योगा, १ हजार ४१ जनाले अक्युपञ्चर, ७३ जनाले अक्युप्रेसर, २ सय ६७ जनाले कपिङ सेवा लिएको केन्द्रले जनाएको छ । ६ सय ४८ जना स्तनपायी आमालाई दुधवद्र्धक खानेकुरा, ९ हजार ६३ जना जेष्ठ नागरिकलाई सेवा र २ हजार १ सय ११ वटा प्रयोगशाला परिक्षण समेत गरिएको छ । जिल्लाको धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा दिइरहेको छ ।

आयुर्वेद चिकित्सक डा. कौण्डिन्यायनीले श्रोत र साधन अभावको कारण सेवा विस्तार गर्न सम्भव नभएकोे बताउनुभयो । ‘सिमित श्रोत र बजेट छ, निशुल्क आउने २३ प्रकारका औषधी पनि सिमित छ, माग अनुसार आपुर्ति हुदैन, उहाँले भन्नुभयो, ‘सिमित रिअजेन्टका कारण भनेजसरी प्रयोगशाला परिक्षण सेवा समेत दिन सकेका छैनौं ।

कविराज निरिक्षक प्रताप लामाले आयुर्वेद स्वास्थ्य केन्द्रमा पनि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रम लागू भएको जानकारी दिनुभयो । औषधालयमा पेटसम्बन्धी अम्लपित्त, ग्यास्ट्रिक, श्वासप्रश्वास सम्बन्धी रोग, बाथ, मिर्गाैला सम्बन्धी रोग, नाककान घाँटी लगायतका रोग सम्बन्धी सेवा प्रदान गर्ने गरिएको छ । ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत रसायन वर्धक औषधि वितरण गर्ने र पोषण सेवा अन्तर्गत (स्तनपायी) सुत्केरी भइसकेपछि बच्चाका लागि पर्याप्त मात्रामा दुध उत्पादन नहुने महिलाहरूका लागि स्वास्थ्य प्रवद्र्धन गर्न स्तन्यवर्धक औषधि वितरण, हाडजोर्नी र बाथ रोगका बिरामीका लागि पूर्वकर्म थेरापी लगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका कविराज निरिक्षक लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार