मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

संस्कृति हरितालिका तिज
वडा महिला कार्यसमिति बनेपा -६ को तीज विशेष कार्यक्रम

Thearaniko Times 1398+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

बनेपा/बनेपा -६ वडा महिला कार्यसमितिको आयोजनामा हरितालिका तीज २०८२ तथा विशेष सांस्कृतिक कार्यक्रम बनेपाको गोसाइस्थानमा आयोजना गरिएको छ । अध्यक्ष नानु कुईकेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका -६ का वडाध्यक्ष सचितानन्द के.सी.को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष के.सी.ले तीज कार्यक्रमले महिलाहरुको सचेतना तथा सकारात्मक भावलाई संगठित गर्ने बताए ।
वडाध्यक्ष के.सी.ले वडाको विकासमा सहकार्य गर्न वडा महिला कार्यसमिति गठन गरिएको जानकारी दिए । वडाको विकासको लागि जस्तोसुकै कदम चाल्न आफु तयार रहेको बताए । कार्यक्रममा वडा सदस्य लालकृष्ण तिमल्सिना, विष्णु नारायण श्रेष्ठ, बिजया न्यौपाने लगायतका वक्ताहरुले शुभकामना मन्तव्य  राखेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कविता श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिईन् भने कोषाध्यक्ष रमा मिश्र भुजेलले कार्यक्रम संचालन गरेकी थिईन् । कार्यक्रममा वडा नम्वर ६ का अधिकांश महिलाहरुको सहभागिता रहेको थियो । हरेक वर्ष महिला वडा महिला कार्यसमितिले तीज लगायतका सामाजिक अभियानका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । नानु कुइँकेलले महिलाहरुको शशक्तिकरणमा तीज विशेष हुने बताईन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार