रोशी। रोशी गाउँपालिकामा कृषकबाट उत्पादित बुद्धचित्त माला कारोबारमा गाउँपालिका-५ का वडाध्यक्ष र प्रहरीले हस्तक्षेप गरिएको माला धनीको आरोप छ ।
रोशी गाउँपालिका वडा नं.- ५, सिसाखानीका आईते सिंह थिङ्को जग्गामा उत्पादित फल बुद्धचित्त माला टिप्न जिल्ला प्रहरी कार्यालय र मंगलटार चौकीबाट खटाइएको बताइएको छ। मालाको बोट भएको क्षेत्रमा अहिले दर्जनौ प्रहरी परिचालन गरि प्रहरीकै संलग्नतामा माला टिपिरहेको स्थानीयले बताइएको छ । सुर्य लामाले जबरजस्ती माला टिप्ने क्रममा माला धनी आइते सिंह थिङ्को नाती विप्लप थिङ्लाई प्रहरीकै अगाडि लछारपछार गर्दा प्रहरी मुकदर्शक बनेको दृश्य देख्न सकिन्थ्यो।
माला धनी आइते सिंह थिङ्को उपस्थिति नभएको अवस्थामा एकतर्फी प्रहरीको बलमा माला टिपेको बताइएको छ।
उच्च अदालतमा ०८०-wo-२९९६ नं.मा दर्ता मुद्धा चलिरहेको र बुधबार पेशी तोकिएको अवस्थामा प्रहरीको बलमा माला धनी आइते सिंह थिङ्को सहमति बेगर सुर्य लामाले माला टिप्न लागेका बताए। लामासँग ५० लाखमा माला किन्ने सहमति भएको कागज गरेकोमा कर बढी तिर्नुपर्ने डरले २२ लाखको कागज गरिएको र अहिले २२ लाखको कर वडा कार्यालयले लिएको बुझिएको छ ।व्यापारी सूर्यबहादुर लामाले २२ लाखको कागजलाई मात्र आधार मानेर रकम दिने भनेपछि विवाद भएको थियो । माला धनी आइतसिंका अनुसार दुवै कागज आफुसँग भएको र सूर्यबहादुरले २२ लाखलाई मात्र आधार मानेका छन ।
नियम अनुसार कर माला धनीले तिर्नुपर्नेमा माला किन्ने पक्ष सुर्य लामा आफैंले तिरेको बताइयो। करको विषयमा बुझ्न वडाध्यक्ष निर्दोष लामालाई संपर्क गर्दा उहाँको फोन उठेन । वडा अध्यक्ष निरध्वज लामाले ब्यापारी सूर्यबहादुरको पक्ष लिई प्रहरी नै परिचालन गरेर माला टिपेपछि घरधनी आक्रोशित भएका छन् ।
स्थानीय माला ब्यापारी किन्ने सुर्य लामाले भने आफुले ५ बर्षको सहमति गरेको तर माला धनीले सहमति अनुसार माला आफुलाई नदिइ झुलाउने गरेको आरोप लगाउनुभयो। उहाँले भुक्तानी दिइसकेको तर आफुले माला नपाएको गुनासो गर्नुभयो।
मुद्दाको किनारा नलाग्दै र सहमति बेगर एकपक्षीय रुपमा प्रहरीको बलमा माला टिप्न खोज्नु बल मिचाइ भएको बताउँदै वडा कार्यालय र प्रहरी विरुद्ध आफु पुनः अदालतमा जाने मालाधनी थिङ्ले बताए।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी तथा सुचना अधिकारी राजकुमार श्रेष्ठले विवादस्पद् भएको र सुरक्षाको माग भएकोले प्रहरी परिचालन गरिएको बताउनुभयो। माला टिप्ने काम प्रहरीले नगर्ने बताउँदै डिएसपी श्रेष्ठले कानुन बमोजिम प्रक्रियामा आएकोले प्रहरीले सुरक्षा दिएको जानकारी दिए।