मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज/राजनीति
विशेष महाधिवेशन विवाद: कांग्रेसका दुई महामन्त्रीसहित नेताहरू कारबाहीमा

Thearaniko Times 1402+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिले पार्टीको आधिकारिक निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरेको आरोपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा अनुशासनात्मक कारबाही गरेको छ। उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो।

संस्थापन पक्षको बहुमत रहेको केन्द्रीय समितिको बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गर्ने निर्णय गरेको छ। उक्त निर्णयको जानकारी सहमहामन्त्री बद्री पाण्डे र केन्द्रीय सदस्य दीपक गिरीले सञ्चारमाध्यमलाई दिएका छन्।

महामन्त्रीद्वयको नेतृत्वमा काठमाडौँमा भइरहेको विशेष महाधिवेशनले पार्टी नेतृत्व परिवर्तन गर्ने प्रक्रिया अघि बढाइसकेको छ। बन्दसत्रमा सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई पार्टी नेतृत्व र भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने घोषणा गरेका थिए।

यसअघि केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन पुसमा हुन नसकेपछि संसदीय निर्वाचनपछि वैशाखमा गर्ने निर्णय गरेको थियो। तर महामन्त्रीद्वय सो निर्णयसँग असन्तुष्ट रहँदै विशेष महाधिवेशनको पक्षमा उभिएका थिए।

दुई पक्षबीच सहमति जुटाउने प्रयास असफल भएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा बसेको केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय गरेको हो। केन्द्रीय सदस्य दीपक गिरीका अनुसार संस्थापन पक्ष लचक देखिँदा पनि अन्तिम समयमा सहमति हुन सकेन।

उनले भने, “अन्तिममा आठबुँदे माग प्रस्तुत भयो, त्यसमा पनि हामी लचक भएकै हौँ। तर उहाँहरू पहिल्यै फरक निर्णयमा पुगिसक्नुभएको जस्तो देखियो।”

कारबाहीको घोषणापछि विशेष महाधिवेशन पक्षधर नेताहरूले आपत्ति जनाएका छन्। विशेष महाधिवेशनमा सक्रिय नेता प्रदीप पौडेलले संवादमार्फत सहमति खोजिए पनि संस्थापन पक्षबाटै परिस्थिति जटिल बनेको बताए।

उनका अनुसार अब पार्टी नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। “हामी निर्वाचन जित्ने रणनीतिसहित नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट रूपमा उभिएका हौँ। तर नेतृत्वको विषयमै कुरा मिल्न सकेन,” उनले भने।

पार्टीभित्र देखिएको यो विवादले नेपाली कांग्रेस थप निर्णायक मोडतर्फ अघि बढेको संकेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार