मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज/राजनीति
चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

Thearaniko Times 1402+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

चौरीदेउराली, काभ्रे।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका–३ माझीफेदामा वडा पार्टी कार्यालय तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ। भोज प्रसाद गौतमको संयोजकत्व र भूमि गौतमको सह–संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्दै घरदैलो अभियानसमेत सुरु गरिएको छ।

कार्यक्रम पार्टीका केन्द्रीय सदस्य विष्णु गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य राजीब लामा सहभागी हुनुभएको थियो। साथै प्रदेश सदस्य तथा पालिका निर्वाचन परिचालन कमिटीका संयोजक तेज पन्त, सह–संयोजक हरि खड्का, प्रदेश सदस्य दुर्गा सिंह लामा, जनमुक्ति सेनाका पूर्व कमान्डर कुमार तामाङ (तेन्जिङ), जिल्ला सदस्यहरू टंक चौलागाईं, चित्र प्रसाद चौलागाईं, कमल गौतमलगायत जिल्ला, पालिका तथा वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रमुख अतिथि विष्णु गौतमले जनआन्दोलन र परिवर्तनका उपलब्धिहरूको रक्षा आजको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै पार्टीको विजयले मात्रै वर्तमान व्यवस्था सुदृढ र सुरक्षित रहने धारणा व्यक्त गर्नुभयो। विशेष अतिथि राजीब लामा तथा दुर्गा सिंह लामाले प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठन एकताबद्ध भई सक्रिय रूपमा परिचालन हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका वक्ताहरूले निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा घरदैलो अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसै अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट सुकुम्बासी मोर्चाका केन्द्रीय सदस्य हरि ढुंगानाले नेकपामा प्रवेश गरेको घोषणा गरिएको थियो।

निर्वाचन परिचालन कमिटीका सह–संयोजक भोज प्रसाद गौतमको सभापतित्व र अनिल लामाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार