मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

उच्च अदालत पाटनले गरे काभ्रे जिल्ला अदालत र बारको निरिक्षण

Thearaniko Times 1402+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

धुलिखेल/उच्च अदालत पाटनका न्यायाधीस  पुरुषोत्तम प्रसाद  ढकालको नेतृत्वमा आएको निरिक्षण टोलीले जिल्ला अदालत काभ्रे र  काभ्रे बार इकाइको निरिक्षण गरेको छ । 

वार्षिक कार्यतालिका अनुसार मंगलबारदेखि  जिल्ला अदालतको निरिक्षणमा आउनुभएका न्यायधीश ढकालको टोलीले जिल्ला अदालत काभ्रेबाट भइरहेका विभिन्न गतिविधि र कार्यसंपादनका बारेमा जानकारी समेत लिनुभएको थियो । जिल्ला अदालतका न्यायाधीशहरुका साथै कानुन व्यवसायीहरुसँग अन्तर्क्रिया गर्नुभएको थियो।

आज काभ्रे बारमा भएको अन्तरक्रियामा न्यायाधीश ढकालले काभ्रे अदालतमा भएको न्याय संपादनका साथै कानुनी समस्या र चुनौतीका बारे जानकारी लिनुभएका थिए।

काभ्रे बार इकाइका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा काभ्रे बार इकाई भवनमा भएको अन्तरक्रिया कार्यक्रममा अदालतकाे गतिविधि, कार्यसंपादनमा देखिएको त्रुटि र कानुनी अड्चनका बारे कानुन व्यवसायीहरुले उच्च अदालत पाटनबाट न्यायाधीश ढकालको नेतृत्वमा आएको निरिक्षण टोलीलाई जानकारी गराएकाे काभ्रे बार इकाइ कोषाध्यक्ष नारायण ध्वज तामाङले बताए। 

सयौको संख्यामा सदस्य रहेको काभ्रे बारको कार्यक्रममा जम्मा २४ जनाको मात्र उपस्थिति रहेकाे र काभ्रे बार इकाइका उपाध्यक्ष जयराम थापा, सचिव महेश कुँवर, सह-सचिव रमिता  मानन्धर, सदस्यहरु  हरिशरण बस्नेत, पुष्पराज थापा लगायत अनुपस्थित रहनुलाई अर्थपुर्ण रुपमा लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार