मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

काभ्रेका जनजाती पत्रकारलाई मोजो तथा खोज तालिम

Thearaniko Times 1398+ समाचार ( )
२६ चैत्र २०७९, आइतबार

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका आदिवासी जनजाती पत्रकारलाई तीन दिने खोजी तथा डिजिटल मिडियाको बारेमा तालिम दिईएको छ । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा भएको तालिममा जिल्लाका विभिन्न पालिकाका ३० जनाको सहभागिता रहेको थियो ।  

फोनिजका  केन्द्रीय अध्यक्ष गजुरधन राईले फोनिज काभ्रेले निक्कै रचनात्मक कामहरु गर्दै आएको बताउनुभयो । उहाँले यस्ता रचनात्मक कार्यले फोनिजको उपस्थिति झनै बलियो हुने अवस्थामा पुग्ने स्पष्ट पार्दै अझै यस्ता कार्यक्रम गर्न केन्द्रले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले फोनिज संघिय समितिले देशैभर तालिम संचालन गर्न केन्द्रीय उपाध्यक्षको नेतृत्वमा प्रशिक्षण विभाग गठन गरिएको र सो प्रशिक्षण विभाग बनाएपछि तालिम संचालन गर्ने पहिलो जिल्ला फोनिज काभ्रे भएको भन्दै काभ्रेको प्रशंसा गर्नुभयो । तालिममा सहभागीलाई प्रमुख अतिथि राईले प्रमाणपत्र वितरण गरिएको थियो । 

फोनिजका केन्द्रिय उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख अमरध्वज लामाले काभ्रे जिल्लामा फोनिजले देखाएको सकृयता एउटा असल उदाहरणको रुपमा स्थापित बनेको बताउँदै आगामी दिनमा पनि यस्तै सकृय बन्न अनुरोध गर्नुभयो । 

फोनिज केन्द्रले देशभर तालिम लगायत विभिन्न कार्यक्रमहरु गर्नको लागि ६० जिल्लामा रहेका शाखाहरुलाई परिपत्र समेत गरिएको लामाले बताउनुभयो । 

समापन कार्यक्रममा फोनिज बागमती प्रदेश इन्चार्ज पेमा लामाले काभ्रे जिल्लाले बागमती प्रदेशमै पहिलो पटक तालिम संचालन गरेर अरु जिल्लालाई पनि थप प्रेरणा दिएको बताउनुभयो । 

तालिमको समापन सभामा बोल्दै कार्यक्रमको सभाअध्यक्ष एवं फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले तालिमको लागि थोरै दिन भएपनि तालिममा सहभागिहरुले धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनुभयो । 

उहाँले पछिल्लो समयमा विकास हुदै गरेको डिजिटल मिडिया र खोजी पत्रकारिता बारेमा तालिम पछि सहभागिहरुको लागि उपलब्धि मुलक प्रतिक्रिया दिएको खोजी समाचारप्रती रुची बढेको बताउनुभयो ।

तीन दिन सम्म चलेको तालिम रोशी गाउँपालिकाको आर्थिक सहयोगमा फोनिज कभ्रेको आयोजनमा संचालन भएको थियो । तालिम समापन कार्यक्रममा फोनिज बागमती प्रदेश स्थानीय सञ्चार हित प्रर्वद्धन विभागका संयोजक उजाड रक्तिम, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका संस्थापक सल्लाहकार मानकाजी सुवाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार